आगामी फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि सुर्खेत–१ बाट नेपाली कांग्रेसका कार्यवाहाक सभापति पूर्णबहादुर खड्काको एकल नाम सिफारिस भएको छ ।
क्षेत्रीय समितिको मंगलबारको बैठकले खड्काको नाम एकल सिफारिस गरेको हो ।
क्षेत्रीय सभापति झकबहादुर डाँगीले प्रतिनिधिसभा निर्वाचनका लागि पार्टीका कार्यवाहाक सभापति खड्काको नाम एकल सिफारिस गरिएको जानकारी दिए ।
प्रकाशित: २३ मंसिर २०८२ १९:०३ मंगलबार





