२३ मंसिर २०८२ मंगलबार
image/svg+xml
राजनीति

‘कांगेस यु–फोर्टी’ संयोजकमा कार्की

गत भदौ २३ र २४ गतेको जेड पुस्ता आन्दोलनसँगै सत्ताच्युत भएको नेपाली कांग्रेस अहिले पार्टी सुदृढीकरण अभियानमा लागेको छ । जस अनुसार युवालक्षित सङ्गठन विस्तार अन्तर्गत ४० वर्ष मुनिका युवाहरुलाई समेट्न सुधार अभियान सुरु गर्न लागेको छ ।  

नवयुवा लक्षित सो देशव्यापी सङ्गठन विस्तार कार्यक्रमका लागि पार्टी केन्द्रमा भर्खरै गठन गरेको यु–फोेर्टी अभियान केन्द्रीय संयोजन समिति गठन गरि जिल्ला नेतृत्व चयन गरेको जनाएको छ । जस अन्तर्गत उदयपुर एनसीआरसीको संयोजकमा रोशन कार्की तोकिएका छन् ।  

पार्टी सुधारका लागि युवाहरुलाई प्राथमिक्ता दिनुपर्ने तथा अवसरको न्यायपूर्ण वितरण गर्न आवश्यक ठान्दै एनसीआरसी गठन गरेर अघि बढ्न लागिएको उदयपुर पार्टीले जनाएको छ । युवाहरुलाई पार्टीप्रति आकर्षित गर्दै पछिल्लो जेड आन्दोलनको माग अनुसार समान पहुँच र अवसर वितरण गर्ने नीति अनुरुप यो अभियान चलाइएको उदयपुर सभापति हिमाल कार्कीले बताए ।  

एनसीआरसीमा ४० वर्षमुनिका युवाहरुलाई मात्र समेटेर समिति गठन गरि सङ्गठन निर्माण र सुदृढीकरण अभियान चलाउने योजना अनुरुप यु–फोर्टी निर्माण गरिएको सभापति कार्कीले बताएका छन् । उनले पार्टीले मङ्सिर १९ गतेको निर्णय अनुसार रोशनलाई उदयपुर संयोजक तोकेको जानकारी दिदै उनको संयोकत्वको जिल्लास्तरीय समिति गठन गर्ने तयारी भईरहेको छ ।  

सङ्घीयस्तरमा गठन भएर जिल्लास्तरमा आईपुगेको यो समितिलाई अव प्रदेश र स्थानीयतहसम्म पु¥याएर अभियानलाई तीब्रता दिइने पार्टीको तयारी छ । नवनियुक्त संयोजक कार्कीले नेपालमा युवाहरुको हिस्सा ४० प्रतिशत रहे अनुसार पार्टी र सङ्गठनमा पनि त्यत्ति नै प्रतिशत भूमिका दिन एनसीआरसी गठन गरेर लागू गर्न लागेको बताए । यो अभियानले पार्टीलाई मजदुत, लोकतान्त्रिक, समावेशी र समान अवसर वितरण गर्न महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको पनि उनको भनाई छ ।  

त्यसैगरि एनसीआरसीले समाजमा व्याप्त भ्रष्टचारबिरुद्ध खबरदारी गर्दै शुसासन कायम गर्ने विषयमा पनि चासो दिनेछ । सुरुवाती चुनाव (प्राईमरी इलेक्सन) र लोकतन्त्रको संरक्षणमा पनि यसको भूमिका हुने पार्टीले जनाएको छ ।

प्रकाशित: २३ मंसिर २०८२ १७:३५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App