२१ कार्तिक २०८२ शुक्रबार
image/svg+xml
राजनीति

पूर्वस्वतन्त्र सांसद मण्डलले नयाँ पार्टी खोल्ने

मोरङ क्षेत्रनम्बर ५ का पूर्व सांसद योगेन्द्र मण्डलले नयाँ पार्टी खोल्ने भएका छन् । गत निर्वाचनमा मोरङ क्षेत्रनम्बर ५ बाट स्वतन्त्र उम्मेदवारी दिएर निर्वाचित भएका सांसद मण्डलले नयाँ पार्टी दर्ताका लागि प्रक्रिया अघि बढाइसकेको जानकारी दिए । 

मण्डलले ‘राष्ट्रिय उर्जाशिल पार्टी’ दर्ताका लागि निर्वाचन आयोगमा प्रक्रिया अघि बढाइसकेको बताए । मण्डलले पार्टी दर्ता प्रक्रिया अघि बढेसँगै जनता र देशलाई धोका नदिने पार्टी निर्माणको अभियान आफूले सुरु गरेको दाबी गरे ।  

मण्डलले भने, ‘जनता र देशलाई धोका नदिने पार्टी निर्माणका लागि निर्वाचन आयोगमा पार्टी दर्ता गरेर अभियान सुरु गरेका छौं ।’ पुराना राजनीतिक दलका नेताकार्यकर्ता बिग्रीएकाले आफ्नो पार्टीमा नबिग्रीएका नेपालीहरूलाई जोड्ने उनको दाबी छ।

प्रकाशित: १८ कार्तिक २०८२ १७:५० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App