२२ मंसिर २०८२ सोमबार
image/svg+xml
राजनीति

विदेशबाट भोट हाल्ने वातावरण बनाउन माग

आगामी फागुन २१ मा हुने आम निर्वाचनको लागी विश्वभरका  नेपाली विद्यार्थीहरूले मताधिकारको  कार्यान्वयन गर्न  माग गरेका छन् । अमेरिका,  बेलायत, क्यानडा, अस्ट्रेलिया, चीन, जापान, भारत, बङ्गलादेश, हङकङ र फ्रान्ससहित १० देशका ६० नेपाली विद्यार्थीको मताअधिकारको तत्काल  कार्यान्वयन गर्नुपर्ने भन्दै  प्रधानमन्त्री, राष्ट्रपति र प्रमुख निर्वाचन  आयुक्तसमक्ष औपचारिक ज्ञापनपत्र बुझाएका छन्।          

ज्ञापनपत्रमा विद्यार्थी समूहले विदेशमा रहेका  नेपालीहरूका लागि मतदान प्रक्रियालाई सहज, सुरक्षित र प्रभावकारी बनाउन डिजिटल प्रणाली  माग, आगामी निर्वाचनमा प्रत्यक्ष र समानुपातिक दुवै निर्वाचन प्रणालीमा सहभागिता सुनिश्चित गर्नुपर्ने माग गरेका छन् । मागलाई तत्काल कार्यन्वयन गर्नुपर्ने उनीहरुको भनाई छ ।  

अन्तरिम सरकारले विदेशस्थित नागरिकलाई चुनावमा सहभागी गराउने प्रतिबद्धता जनाएको तीन महिना बितिसक्दा पनि कार्यान्वयन गर्ने नगर्ने बिषयमा टुङगो लाग्न सकेको छैन ।  

तर विश्वभर रहेका नेपाली विद्यार्थीले  निर्वाचन आयोगलाई जेन जी आन्दोलनको त्यागलाई स्मरण गराउँदै  विदेशमा रहेका प्रवासी श्रमिक र  विद्यार्थीको मताधिकार सुनिश्चित गर्न आग्रह गरेका छन्।  

साथै निर्वाचन  आयोगमा रिक्त रहेका  पदहरूमा दक्ष, निष्पक्ष र विश्वासले जनशक्ति थप गर्नुपर्ने आवश्यकताप्रति पनि उनीहरुले ध्यानाकर्षण गराएका छन्।

No description available.

 

प्रकाशित: २१ मंसिर २०८२ १६:१० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App