२२ मंसिर २०८२ सोमबार
image/svg+xml
राजनीति

कांग्रेसले नयाँ पुस्तालाई सम्बोधन गर्नुपर्छ: सिवाकोटी

नेपाली कांग्रेसका केन्द्रीय सदस्य अजय बाबु सिवाकोटीले नयाँ पुस्तालाई सम्बोधन गर्ने कार्यक्रम ल्याउनुपर्ने बताएका छन्। कांग्रेस केन्द्रीय समितिको जारी बैठकमा सिवाकोटीले आगामी निर्वाचनमा ४० वर्ष मुनिका युवा पुस्तालाई कम्तीमा ५० प्रतिशत प्रत्यक्ष उम्मेदवार बनाउने गरी योजना तय गर्न माग गरे । नयाँ पुस्तासँग कांग्रेस अभियान चलाउनुपर्नेमा जोड दिए । ‘पार्टीमा नयाँ पुस्ताको प्रवेशलाई बढाउने कार्यक्रमको डिजाइन गर्नुप¥यो,’ सिवाकोटीले भने, ‘नयाँ पुस्तासँग कांग्रेस संवादमा जाने कार्यक्रम ल्याउनु जरुरी छ ।’

जेनजी विद्रोह किन भयो यसको सघन समीक्षा हुनुपर्ने बताए ।  सिवाकोटीले मंसिरमा अधिवेशन गर्न सकिने बताए । ‘एमालेले पार्टी महाधिवेशनको मिति तोकेर तयारीमा जुटिसक्यो हामी भने मंसिरमा महाधिवेशन गर्न सक्दैनौ भ्याउँदैनौ भनेर किन हिँडिरहेको रु , उनले भने । चुनाव पछि मात्र महाधिवेशन भन्ने राग टिकट वाँड्नैका लागि हो भने प्रस्ट भन्नुपर्‍यो । होइन भने महाधिवेशन धकेल्नु पर्ने कुन प्रयोजनका लागि रु नेतृत्वलाई उनले प्रश्न गरे । ‘महामन्त्रीले कार्यतलिका पेश गरेर महाधिवेशन सुनिश्चित गर्न खोजेको हाम्रो बुझाइ थियो,’ सिवाकोटीले भने, ‘विडम्बना त्यो कार्यपालिका पछि गायब भयो ।

असोज २९ गते दर्ता भएको प्रस्ताव अनुसार पुस २८ भित्र विशेष महाधिवेशन गर्नुपर्ने वैधानिक बाध्यता हुँदाहुँदै पनि हामी त्यसलाई नजरअन्दाज गर्दै हस्ताक्षरकर्ताहरूलाई अपमान गर्दै महाधिवेशन नै चुनाव पछि वैशाखतिर सार्ने प्रस्ताव गर्ने कार्य भद्दा मजाक भएको बताए।  ‘विशेष महाधिवेशन टार्ने हो भने पुस २९ अघि १५औँ महाधिवेशनको कार्य तालिकामा सहमति जनाउनुस्,’ सिवाकोटीले भने, ‘नत्र विधानले बाध्य बनाउने विशेष महाधिवेशन रोक्न कसरी सक्नुहुन्छ जवाफ दिनुस् ।’

प्रकाशित: २० कार्तिक २०८२ २१:०७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App