२३ मंसिर २०८२ मंगलबार
image/svg+xml
राजनीति

मधेश प्रदेश सरकार : नेतृत्वमा कांग्रेसको दाबी

नेपाली कांग्रेसका प्रदेश सभापति तथा संसदीय दलका नेता कृष्णप्रसाद यादवले मधेश प्रदेश सरकारको नेतृत्व कांग्रेसले लिने बताएका छन्। सात दलीय गठबन्धनमा ठुलो दल कांग्रेस नै रहेकोले नयाँ सरकार कांग्रेसको नेतृत्वमा बनाउन सबै दल सकारात्मक रहेको उनले बताए।  

मधेश प्रदेशमा कांग्रेस बाहेक सबै दलले पालैपालो नेतृत्व गरिसकेकोले अब कांग्रेस नेतृत्वको सरकारमा सहभागी हुन गठबन्धनमा रहेका दललाई सहज हुने बताए। 

उनले नागरिकसँग भने, ‘आन्दोलनको क्रममा एमाले नेतृत्वको सरकार ढलेपछि नयाँ सरकार कांग्रेसकै नेतृत्वमा बनाउने सात दलीय गठबन्धनका नेताहरू सकारात्मक रहेको थियो। त्यसले पनि कांग्रेसको दाबी जायज रहेको छ’  

उनले आज सात दलीय गठबन्धनको सहमतिमा कांग्रेसको नेतृत्वमा सरकार बनाउने प्रदेश प्रमुखसमक्ष दाबी पेस गर्ने बताए। एमाले नेतृत्वका मुख्यमन्त्री सरोज कुमार यादवले राजीनामा गरेपछि प्रदेश प्रमुख सुरेन्द्र लाभ कार्कीले बुधवार नै सरकार गठनको आह्वान गरिसकेका छन्।  

संविधानको धारा १६८ को उपधारा (२) बमोजिम दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त सदस्यलाई मुख्यमन्त्रीमा दाबी पेस गर्न प्रदेश प्रमुखले आह्वान गरेका छन्। दाबी पेस गर्न शुक्रवार साँझ ५ बजेसम्म समय दिएको छ।  

सात दलीय गठबन्धनमा नेपाली कांग्रेसका २२, जसपा नेपालका १९, जनमत पार्टीका १३, एकीकृत समाजवादीका ७, माओवादीका ९, लोसपाका ९ र नागरिक उन्मुक्ति पार्टीका १ सांसद रहेका छन्।

प्रकाशित: १८ मंसिर २०८२ १३:३४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App