प्रधानमन्त्री बालेन्द्र शाहले आज (मंगलबार) मन्त्रिपरिषद् बैठक बोलाएका छन्।
सरकारका प्रवक्ता सस्मित पोखरेलका अनुसार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बिहान ११ बजेका लागि बैठक आह्वान गरिएको हो।
बैठकका एजेण्डाबारे भने कुनै जानकारी गराइएको छैन।
प्रकाशित: २६ जेष्ठ २०८३ ०९:५५ मंगलबार





