२३ मंसिर २०८२ मंगलबार
image/svg+xml
राजनीति

विवेकशील साझा रास्वपामा समाहित

विवेकशील साझा पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)बिच आइतबार एकता भएको छ। काठमाडौंमा एकता घोषणा सभा आयोजना गरेर विवेकशील साझा पार्टी निःशर्त रास्वपामा समाहित भएको हो।

केहीदिन अघि विवेकशील साझा पार्टीकी अध्यक्ष समीक्षा बाँस्कोटाले आफ्नो पार्टी निःशर्त रास्वपासँग एकतामा जाने सहमति भएको बताएकी थिइन्। बाँस्कोटासहित महासचिव रञ्जु दर्शनासहितको टोली पनि एकता प्रक्रियामा सहभागी भएको छ। उता पूर्व संयोजक मिलन पाण्डेलगायतका केही विवेकशीलका नेता भने एकता प्रक्रियामा गएका छैनन्। पाण्डेले आइतबार बिहान आफू केही समय स्वतन्त्र रहेर ‘कुलिङ पिरियड’मा बस्ने घोषणा गरेका छन्।  

प्रकाशित: १४ मंसिर २०८२ १५:५४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App