६ वैशाख २०८१ बिहीबार
राजनीति

शान्तिपुर्ण मतदान सम्पन्न गराउन नमुना मतदान

फोटोः नमुना मतदानमा कार्यक्रममा मतदान गर्दै मूख्य निर्वाचन अधिकृत उपाध्याय र प्रजिय कटुवाल

मंसिर ४ मा हुने निर्वाचनलाई शान्तिपुर्ण तरिकाले सम्पन्न गराउनको लागि शुक्रबार  नमूना मतदान गरिएको छ।  जिल्ला निर्वाचन कार्यालय बाराले  महागढीमाई नगरपालिकाको बरियारपुरमा रहेको महेन्द्र आर्दश  नमुना माध्यमीक बिद्यालयमा  नमुना मतदान कार्यक्रममा आयोजना गरेको हो।

नमुना मतदानले शान्तिपुर्ण तरिकाले निर्वाचन सम्पन्न गराउन र  बदर मत कम  हुने गरिने भएकोले  नमुना मतदान गरिएको मूख्य जिल्ला निर्वाचन अधिकृत पुर्नेश्वर उपाध्यायले बताएका छन्।

नमुना मतदान गर्ने क्रममा सहभागी मतदाताहरुलाई मतपत्रमा स्वास्तिक छाप लगाउन , मतपत्र पट्याउन , चार वटा मतपत्र मध्ये कुनमा पहिले , कुनमा दोश्रो , कुनमा तेश्रो र अन्त्यमा कुन मतपत्रमा कसरी स्वास्तिक छाप लगाउने बारेमा सिकाइनुका साथै सानो मतदान स्थलमा पनि सुरक्षा व्यवस्था कसरी कायम गराउने , कर्मचारी लगायतले कसरी खटिनुपर्ने , कुनमा पहिले जाने कुनमा दोश्रो लगायत अन्तिमसम्म लाईन कसरी व्यवस्थापन गर्ने सहित वास्तविक निर्वाचनको झल्को दिने गरी नमुना मतदान सम्पन्न भएको हो।

नमूना मतदानमा बारामा महागढीमाई नगरपालिका प्रमुख उपेन्द्र यादव,  प्रमुख जिल्ला  कृष्ण बहादुर कटुवाल , बाराका प्रहरी  उपरीक्षक होबिन्द्र बोगटी ,जिल्ला निर्वाचन कार्यालय बाराका प्रमुख र मतदात अधिकृतहरुको सहभागिता रहेको थियो।  

प्रकाशित: २५ कार्तिक २०७९ ११:५८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App