coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

दार्चुलाको कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्र कुटनीतिक पहलबाटै फिर्ता हुन्छ: प्रधानमन्त्री देउवा

नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले  दार्चुलाको कालापानी, लिपुलेक र लिम्पियाधुरा  क्षेत्र कुटनीतिक पहलबाटै फिर्ता गराउने बताएका छन्।  

बुधबार दार्चुलाको गोकुलेश्वरमा  आयोजित चुनावी आमसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले भारतको कब्जामा रहेको कालापनी र लिपुलेक क्षेत्रलाई दार्चुलामा भाषण मात्रै गरेर नभई कुटनीतिक पहल गरेर फिर्ता गर्ने बताएका छन्। उनले भने,‘हामीले हाम्रो सीमा समस्या समाधान भारतसँग कुटनीतिक पहल तथा बार्ता गरेर मात्रै फिर्ता गर्न सक्छौ, न कि दार्चुलामा चर्काे भाषण गरेर हुन्छ।’  

नेपाल सबै छिमेकी राष्ट्रसँग समान सम्बन्ध राख्दै आएको र राख्ने पनि उनले बताए। ‘नेपाल छिमेकी देश भारत र चिनसँग समान सम्बन्ध राख्दछ र राख्दै पनि आएको छ,’ उनले भने,‘तसर्थ हाम्रो गुमेको भूभागलाई कुटनीतिक पहलबाटै फिर्ता हुन्छ, यसमा ढुक्क हुनुहोस्।’  

अहिलेको आवश्यकता भनेकै लोकतान्त्रिक–बाम गठबन्धन भएको बताउँदै प्रधानमन्त्री देउवाले भने,‘गठबन्धन राष्ट्रिय आवश्यकता हो।’ संविधान जोगाउन दलगत गठबन्धन गर्नुपर्ने भएकाले अहिले आफूहरु सबैले संविधान जोगाउन राजनीतिक गठबन्धन गरेको बताए।  

त्यस्तै उनले केपी ओलीले दार्चुलामा भाषण गरेर केही नहुँने पनि बताए। चुनावी सभालाई सम्बोधन गर्दै देउवाले दार्चुलाको  विकासका लागि आफूले धेरै काम गरेको पनि बताए। उनले भने,‘मेरै पालामा मैले नै चमेलिया जालविद्युत आयोजना  सुरु गरी निर्माण सम्पन्न, जिल्ला  सदरमुकामसम्म साडक निर्माण, महाकाली नदीमा नेपाल भारत मोटर पुल निर्माण, दार्चुलाको  सबै  वडामा सडक र विजुली पनि पुर्‍याउछौं।

प्रकाशित: २३ कार्तिक २०७९ १०:१४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App