८ वैशाख २०८१ शनिबार
राजनीति

घनश्याम भुसालको प्रतिवद्धता: बुद्ध मावली देवदहलाइ केन्द्रमा राखेर विकासको नमुना क्षेत्र बनाउने

रुपन्देही क्षेत्र नं. १ का उम्मेदवारहरुले प्रतिवद्धता पत्र सार्वजनिक गरेका छन। सत्ता गठबन्धनको समर्थनमा प्रतिनिधिसभा सदस्यका उम्मेदवार घनश्याम भुसालले आज(सोमबार) एक कार्यक्रमका बीच चुनावी प्रतिवद्धता पत्र सार्वजनिक गरेका हुन्।

भुसालले क्षेत्र नंं. १ मा रहेको ऐतिहासिक र पुरातात्वीकमहत्वका सम्पदातथा बुद्ध मावली देवदह र लुम्बिनीलाई जोडेर पर्यटकीय र शैक्षिक विकासको हव बनाउन सकिने योजना अगाडी सारेका छन्।  

प्रतिवद्धता पत्रमा शिक्षा,स्वास्थ्य,सुशासन,खानेपानी,रोजगारी सिर्जना,शान्ति सुरक्षा,पर्यटन र भौतिक पुर्वाधार विकासलाई जोड दिइएको छ। क्षेत्रलाई सफा,हरीयाली र व्यवस्थित बस्ती विकासको अवधारणा अनुरुप योजनाहरु ल्याउने,पर्यटन,भुमि व्यवस्था,युवा स्वरोजगार तथा खेलकुद क्षेत्रको विकासका लािग महत्वपूर्ण योजना ल्याउने भनिएको छ। त्यस्तै भौतिक पुर्वाधारमा सडक,सिँचाई,चिस्यान केन्द्र निर्माण,विद्युत,नदि नियन्त्रण तथा तटबन्दका योजनाहरु मार्फत क्षेत्रको विकास गर्ने योजना अगाडी सारीएको छ।  

औधोगिक तथा व्यवसायिक महत्वका पुर्वाधार निर्माण गरी लगानी भित्र्याउन योजनाहरु ल्याउने भनिएको छ।अव्यवस्थित,भुमिहिन तथा सुकुम्बासी समस्या समाधान गरी व्यवस्थित बस्ती विकास गर्ने उल्लेख छ।  

प्राकृतिक श्रोत साधनको उचित प्रयोग र व्यवस्थापन मार्फत जनताको जिवीकोपार्जनमा सहजता ल्याउने,कृषकका समस्या–सिँचाई,बिउको उचित व्यवस्थापन गर्ने,कृषिको आधुनिकीकरण गर्ने भनिएको छ। यस क्षेत्रको विकासको केन्द्र बुद्ध मावली देवदहको उत्खनन गरी बुद्ध सम्पदाहरु संग जोडेर पर्यटकीय क्षेत्र बिस्तार गर्ने भनीएको छ।  

देवदहलाई युनेस्कोमा दर्ता गरी बौद्ध विश्व विद्यालय निर्माण कार्यलाइ सम्पन्न गर्र्ने,स्थानीय तहलाई आवश्यक बजेट उपलब्ध गराउन समन्वयकारी भुमिका खेल्ने र संघसंस्थाहरुलाई बलियो बनाएर सामाजिक र आर्थिक विकासमा सहकार्य गर्ने उल्लेख छ। पुर्वपश्चिम र उत्तर दक्षिण जोडने सडक पुर्वाधारहरु निर्माण सम्पन्न गर्ने,कृषि उत्पादन बढाउँदै गौतमबुद्ध अन्तराष्ट्रिय बिमानस्थल मार्फत निर्यातको व्यवस्था गर्ने,संचार क्षेत्रको विकासका लागि विशेष पहल गर्ने लगायतका कुरालाइ प्रतिवद्धता पत्रमा जोड दिइएको छ। स्वास्थ्य चौकीहरुको स्तरोन्नती गर्ने,सुविधा सम्पन सरकारी अस्पताल निर्माण,देवदह मण्डप र औधोगिक क्षेत्र निमार्ण,बालउद्यान,जेष्ठ नागरिक मिलन केन्द्र निर्माण लगायतका योजनाहरु भुसालले ल्याएका छन्।  

प्रतिवद्धता पत्र सार्वजनिक गर्दै भुसालले मानविय विकासलाई केन्द्रमा राखेर सामाजिक न्यायसहितको विकास र राज्यको श्रोतमा नागरिकको समान पहँुच  र वितरणमा विशेष ध्यान दिने बताए। तिलोत्तमाको ४ नम्बरमा एक कार्यक्रमका बीच प्रतिनिधिसभाका उम्मेदवार भुसाल संगै प्रदेश सभाका उम्मेदवार क्षेत्र नं.१(क)का  नेपाली काँग्रेसका अब्दुल रज्जाक र ख का उम्मेदवार काँग्रेसका विश्वनाथ यादवले संयुक्त रुपमा प्रतिवद्धता पत्र सार्वजनिक गरेका हुन। नेता भुसालले लोकतन्त्र र संविधानको रक्षागर्दै देश र माटो सुहाउदो नीति र विकासका लागि आफुले उम्मेदवारी दिएको भन्दै र आफनो क्षेत्रलाई विकासमा नमुना बनाउने बताए। जनतामाझ गरेकाबाचा पुरा गरेरै छाडने भन्दै उनले प्रतिवद्धता पुरा नगरे जनताको कठघरामा उभिन तयार हुने पनि बताए।  

यो क्षेत्रबाट त्रिभुज चुनवा चिन्न लिएर भुसाल प्रतिनिधिसभामा उठेका छन। उनलाई पाँचदलिय गठबन्धनको साथ छ। एमाले,राप्रपा र जसपाको गठबन्धनबाट प्रतिनिधिसभामा एमालेका छविलाल विश्वकर्मा चुनावी मैदानमा छन्।  

प्रकाशित: २१ कार्तिक २०७९ १३:२४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App