७ वैशाख २०८१ शुक्रबार
राजनीति

निर्वाचन कार्यालय तालाबन्दी गरेको आरोपमा वडा अध्यक्ष गुप्ता प्रहरी नियन्त्रणमा

निर्वाचन कार्यालयमा तालाबन्दी गरेको अरोपमा गुप्तालाई नियन्त्रणमा लिदै ईलाका प्रहरी कार्यालय सिमराको प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिना।

जीतपुर सिमरा उपमहानगर वडा नम्बर ७ का वडाध्यक्ष सुनील गुप्ताललाई ईलाका प्रहरी कार्यालय सिमराले आइतबार नियन्त्रणमा लिएको छ। बारा निर्वाचन क्षेत्र नम्बर ४ को निर्वाचन कार्यालयमा तालाबन्दी गरे पछि गुप्तालाई नियन्त्रणमा लिएको बारा प्रहरीले जनाएको छ।

बाराका प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले  प्रतिनिधि तथा प्रदेशसभा सदस्यको निर्वाचन बिथोल्ने उद्देश्यले निर्वाचन क्षेत्र नम्बर ४ को कार्यालय रहेको जीतपुर सिमरा उपमहानगरको कार्यालयमा गुप्ताले तालाबन्दी गरे पछि नियन्त्रणमा लिनु परेको बताए।  

उपमहानगरपालिकाको कार्यालयमा वडा अध्यक्ष गुप्ता नेतृत्वको टोलीले गरेको तालाबन्दीले निर्वाचन कार्यक्रमहरु समेत प्रभावीत हुने अवस्था आएको देखेर सुरक्षाकर्मीहरुले ताला खोल्नु परेको बोगटीले बताए।

उपमहानगरपालिकाको मुख्य गेटमै गुप्ताले ताला लगाए पछि निर्वाचन अधिकृत कर्णबहादुर राईसहितको कर्मचारीहरु कार्यालयमै थुनिएका थिए। गुप्ताले यसअघि पनि उपमहानगरपालिकाको मुख्य गेटमा ताला लगाएका थिए। निर्वाचन अधिकृत कर्णबहादुर राईले निर्वाचन अधिकृतको कार्यालयमा ताला लगाउनु दुखद भएको बताए।  

जीतपुरसिमरा उपमहानगरपालिकाका नगर प्रमुख राजन पौडेलले वडा अध्यक्ष गुप्ताका कारण नगरपालिकामा काम गर्ने वातावरण नभएको बताए। गुप्ताले निर्वाचित जनप्रतिनिधी भए पनि अराजक कार्यहरु मात्रै गर्ने गरेको पौडेलले बताए।

प्रकाशित: २० कार्तिक २०७९ १२:३८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App