८ वैशाख २०८१ शनिबार
राजनीति

भक्तपुरमा चुनाव प्रचारप्रसारः कोही विकासको नारा दिंदै, कोही नीतिको

नेकपा एमालेकोतर्फबाट भक्तपुर क्षेत्र नं २ का उम्मेदवारहरुले शनिबार भक्तपुरको मध्यपुर थिमि नगरपालिका वडा नं.३ को सागबारीमा घरदैलो गरे।  

एमालेको पोलिटव्युरो सदस्य, पूर्वमन्त्री तथा भक्तपुर क्षेत्र नं. २ प्रतिनिधिसभाका उम्मेदवार महेश बस्नेत, समानुपातीक उम्मेदवार गोविन्द दुलाल, प्रदेशसभा ‘ख’ का उम्मेदवार चन्दनकृष्ण श्रेष्ठ, समानुपातिक उम्मेदवार सकुन्तला श्रेष्ठ, एमाले केन्द्रीय सदस्य निर्मल भट्टराई, बागमति प्रदेश सदस्य मदनसुन्दर श्रेष्ठ, एमाले जिल्ला अध्यक्ष बचन देउजा, उपाध्यक्ष बाशुदेव थापा, अनेमसंघ भक्तपुर जिल्ला अध्यक्ष उत्तरा नेपाललगायतका नेता, कार्यकर्ता तथा स्थानीयवासीले मध्यपुर थिमी नगरपालिका वडा नं. ३ क्षेत्रभित्रका वस्तीमा घरदैलो गरे।  

उक्त क्रममा एमाले उम्मेदवारसहितको टोलीले पूर्वमन्त्री तथा कांग्रेसका नेता जगन्नाथ आचायले हनुमन्ते नदीको जग्गा कब्जा गरेको आरोप लगाए। घरदैलोका क्रममा उम्मेदवार महेश बस्नेतले नदीको उक्त ५५ रोपनी जग्गा पुन सार्वजनिक बनाई हनुमन्ते करिडोर निर्माण गर्ने दृढता व्यक्त गरे। सार्वजनिक जग्गालाई पहुँचका भरमा निजी बनाई भूमाफियाको कार्य गर्नु सवैभन्दा ठूलो अपराध भएको उल्लेख उनले गरे। उक्त जग्गा फिर्ता ल्याई हनुमन्ते जग्गा एकीकरण गरी करिडोर निर्माण सम्पन्न गर्ने बचन उनले दिए।  

दुषित मनसायका साथ हनुमन्ते नदीको ५५ रोपनी जग्गा पूर्वमन्त्री तथा कांग्रेसका नेता जगन्नाथ आचार्यको कान्छी श्रीमती विमली उपाध्यायाको नाममा ल्याइएको दावी उनीहरुको थियो । ‘सार्वजनिक जग्गा आफु पहुँचमा भएको समयमा व्यक्तिको नाममा नामसारी गर्नु राज्यकै लागि ठूलो अपराध हो। त्यसैले अब मंसिर ४ पछि एमालेको सरकार बन्नेछ। त्यसपछि उक्त जग्गा पुनः सार्वजनिक हुनेछ, वस्नेतले भने। त्यसपश्चात हनुमन्ते एकीकरण आयोजनाको माध्यमबाट जग्गा व्यवस्थापन गरी उक्त क्षेत्रका जनतालाई व्यवस्थित व्यवस्थापनसहित करिडोर निर्माण हुने उनको भनाई छ।  

यसरी भक्तपुर क्षेत्र नं २ का एमालेका उम्मेदबार वस्नेत विकासको नारा दिएर घरदैलोमा छ भने भक्तपुर क्षेत्र नं १ का प्रभावशाली नेता नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का उम्मेदबार प्रेम सुवाल जनताको पक्षमा नीतिनिर्माण गरिदिने भन्दै घरदैलोमा छन्। सांसदको काम नीति निर्माण गर्ने हो, विकासको काम नगरपालिका र वडाहरुले गर्ने हो भन्दै उनी शनिबार भक्तपुर क्षेत्र नं १ को चाँंगुनारायण क्षेत्रमा घरदैलोमा व्यस्त रहे।  

उता भक्तपुर क्षेत्र नं १ का मुख्य प्रतिस्पर्धीहरु सता गठबन्धनकोतर्फबाट नेकपा माओवादी केन्द्रका सुनिल गोठे, एमालेका नवराज गेलाल पनि घरदैलोमै व्यस्त रहे। त्यस्तै क्षेत्र नं २ मा गठबन्धनकातर्फका उम्मेदबार नेपाली कांग्रेसका दुलर्भ थापा र नेपाल मजदुर किसान पार्टीकी अुनराधा थापामगर पनि घरदैलोमै व्यस्त रहे।  

प्रकाशित: १९ कार्तिक २०७९ १२:२२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App