coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

उम्मेदवारलाई भोट माग्न हतारो, कृषकलाई धान स्याहार्न चटारो

कपिलवस्तु नगरपालिका वडा नम्बर ६ बेलसापुर स्थित खेत मै गएर कृषकसँग मत माग्दै उम्मेदवारहरु।

प्रतिनिधि र प्रदेश सभाका उम्मेदवारहरुलाई भोट माग्नै हतारो भएका बेला कपिलवस्तुका कृषकहरुलाई भने धान स्हायार्नै व्यस्त छन्।

मंसिर ४ गते आउन अब केवल २० दिन मात्र बाँकी छ। राजनीतक दल उम्मेदवार र कार्यकर्ताहरु भोट माग्न गाउँ घर पसेर घर दैलो गरी रहेको छन्। तर कृषकहरु भने आफ्नो खेतमा काटने तयारी रहेको धान स्हायार्नेमा लागेका हुन्। भाट माग्न घर दैलोमा नभेटे पछि उम्मेदवारहरु खेत बारी खलियान मै पुग्ने गरेका छन्।

उम्मेदवाहरु भोट माग्न घरदैलोका क्रममा खेत खलियानमा समेत पुग्ने गरेका छन्। गाउँमा मानिसहरु नभेटिए पछि खेत मै भोट माग्न कपिलवस्तुको क्षेत्र नम्बर २ प्रतिनिधि सभा कांग्रेस तर्फका उम्मेदवार सुरेन्द्रराज आचार्य र प्रदेश नम्बर २ ख का उम्मेदवार सुधाकर पाण्डेय पुगेको बताउँछन्।

कपिलवस्तु नगरपालिका वडा नम्बर ६ बेलासपुर गाउँ स्थित सन्तु पासीले खेतको धान स्याहार्दै गरेको बेला ती दुई उम्मेदवार भोट माग्न खेत मै पुगका थिए। धान स्याहार्दै र भैसी समेत चराउँदै गरेको बेला भोट माग्न पुगेका दुई नेतालाई सन्तुले सिंचाइ र मलखादको व्यवस्था गर्नेलाई आफूले मत दिने बताए।

‘पटक पटक जिताएर पठायौं तर हाम्रो माग अहिलेसम्म पूरा भएको छैन’ उनले गुनासो गर्दै भने। दाहोरो संवादका क्रममा उम्मेदवार सुरेन्द्र आचार्यले किसानको माग जायज भएको बताए। उनले आफनो प्रयासमा जिल्लामा दोहनी सिंचाइ आयोजना लगायतका आयोजनाहरु निर्माण भएको बताए।

उनले आफूले यस पटक मौका पाए कृषकहरुको माग पूरा गर्ने प्रतिबद्धता व्यक्त गरे। यस वर्ष पनि युरिया र डिएपी मलको अभाव हुने देखिएको कृषकहरु बताउँछन्। कपिलवसतु नगरपालिका– ३ सुखरामपुरका कृषक राधेश्याम कोरीले उम्मेदवारहरु भोट माग्नै मस्त छन् तर कृषकहरुले हरेक वर्ष झल्दै आएको मलखाद र सिंचाइको समस्याप्रति कसैलेचासो नदिएको गुनासो गरे।

‘कृषकहरुको समस्या समाधान गर्छौं निर्वाचनको बेला सबै उम्मेदवारहरुले जोडतोडले आवाज उठाउँछन्, जितेर गएपछि सबै कुरा बिर्सिन्छन्’ नेताहरुको क्रियाकलाप देखेर दिक्क मान्दै उनले भने।‘  मल र सिंचाइका लागि  हरेका वर्ष कृषकहरु धाउन बाध्य छन् तर नेताहरु भने भोट माग्दै रमाइरहेका छन्’ उनले भने।

यशोधरा गाउँपालिका– १ तिर्तिखीका कृषक दिपेन्द्र प्रकाश गुप्ताले मलखमद र सिंचाइका लागि कसैले चासो नदिएको बताए। ‘गाउँमा भोटम माग्ने नेताहरुको लर्को छ, तर कृषकहरुको समस्याप्रति उनीहरुलाई कुनै मतलव नै छैन’ गुप्ताले भने ‘भोट माग्न आउँदा उम्मेदवारहरुलाई मल र सिंचाइ उपलब्ध गराउ अनि मत दिन्छौं भन्दा उनीहरुले प्रयास गर्छौं भन्नी झारा टार्ने गरेका छन्’ उनले भने।

८३ हजार हेक्टर खेती योग्य जमिन मध्ये सिंचाइ अभावमा ५८ प्रतिशत खेती आकासे पानीको भरमा कृषकहरुले गरिरहेका छन्। सिंचाइका लागि ठूल्ठूला आयोजना निर्माण नहुनु र भएका योजनाको नियमित मर्मत सम्भार नहुँदा सिंचाइ यहाको प्रमुख समस्या बनेको छ। उत्पदान बढाउन सिंचाइको ६० प्रतिशत बढी भूमिका हुने कृषि प्राविधिक बताउँछन्।

३ प्रतिनिधि र ६ प्रदेश सभाको सिट रहेको जिल्लामा १ सय ४३ जना चुनावी मैदानमा छन्। जिल्लामा बाम लोकतान्त्रिक गठबन्धन र एमालेबीच नै अधिकांश स्थानमा प्रतिस्पर्धा रहेको मतदाताहरु बताउँछन्।

प्रकाशित: १४ कार्तिक २०७९ ०९:५८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App