७ वैशाख २०८१ शुक्रबार
राजनीति

भाेलिको प्रधानमन्त्री प्रचण्ड, सुरेन्द्र पाण्डे मुख्यमन्त्री: बाबुराम भट्टराई

गोरखाको भच्चेकमा आयोजित मतदाता भेटघाटमा बाबुराम।

नेपाल समाजवादी पार्टीका अध्यक्ष डाक्टर बाबुराम भट्टराईले आसन्न निर्वाचनपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमदल दाहाल नेपालको प्रधानमन्त्री बन्ने बताएका छन्। आइतबार बिहान अजिरकोट गाउँपालिकाको भच्चेकमा मतदाता भेटघाट कार्यक्रममा बोल्दै उनले भने ‘अन्यथा नमान्नुहोला, कमरेड प्रचण्ड भाेलिको प्रधानमन्त्री, सुरेन्द्रराज पाण्डे मुख्यमन्त्री।’

यही क्षेत्रले प्रधानमन्त्री, मुख्यमन्त्री पाईसकेपछि विकासका सपना पूरा हुनेमा आशावादी रहेको उनले बताए। गोरखामा २ मा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, २ ‘ख’ मा नेपाली कांग्रेसका सुरेन्द्रराज पाण्डे गठबन्धनको तर्फबाट उम्मदवार छन्। २ ‘क’ मा नेपाल समाजवादी पार्टीका फडिण्द्र देवकोटा उम्मेदवार रहेका छन्।  

प्रधानमन्त्री र मुख्यमन्त्री सरकार चलाउनुपर्ने हुँदा आईरहन नभ्याउने र त्यतीबेला आफू जनताको बिचमा आएर निरन्तर लागिपर्ने उनले बताए। गोरखा २ बाट दुईपटक र गोरखा १ बाट एक पटक गरी तीन पटक भट्टराई यस अघिका चुनावमा बिजयी बनेका थिए। चुनावी राजनीतिबाट आफू निवृत भएको बताउँदै उनले भने ‘गोरखामा केही विकास निर्माणका पूर्वाधार तयार भएको र पूरा हुन बाँकी भएकाले त्यसको नेतृत्व प्रचण्डले गर्नेमा भट्टराई आशावादी रहेको बताए।  

गोरखालाई विकास र समृद्धीको एउटा मोडल बनाउने सपना कसरी पुरागर्ने र आफुले छाडेपछि भताभुङ्ग हुन्छ कि भन्ने चिन्ता अब नरहेको भट्टराईले संकेत गरे। अहिलेको सन्र्दभमा ‘पपुलर’ सबैभन्दा गतिशिल सबैभन्दा चर्चित ब्यक्ति प्रचण्ड नै रहेको उनले बताए।

‘हाम्रा जुन विकासका हाम्रा सपना छन् त्यो पुरा गर्न उहाँ जस्तो पात्रा अरु हुनै सक्दैनथ्यो, संयोग पनि जु¥यो, मेरो पनि चाहाना थियो, उहाँ आईदिनुभएको छ, म हर्सित छु’ भट्टराईले प्रचण्डप्रति लक्षित गर्दै भने।

प्रकाशित: १३ कार्तिक २०७९ ०७:४८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App