coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

लुम्बिनीमा प्रतिनिधिसभाका २६ सिट गठबन्धनले जित्छः गृहमन्त्री खाँण

गृहमन्त्री तथा नेपाली काँग्रेसका नेता बालकृष्ण खाँणले लुम्बिनी प्रदेशबाट प्रतिनिधिसभामा २६ वटै सिटमा गठबन्धनका उम्मेदवारले जित्ने दाबी गरेका छन्।

सत्ता गठबन्धनले शुक्रबार बुटवलमा गरेको प्रदेश स्तरीय प्रशिक्षण कार्यक्रमको उदघाटन कार्यक्रममा बोल्दै नेता खाँणले महत्वपूर्ण स्थानीय तहहरुमा यसअघि गठबन्धनले जितेकाले त्यसकै जगमा टेकेर प्रतिनिधिसभाका सबै सिट गठबन्धनका उम्मेदावारले जित्ने बताए।

रुपन्देही क्षेत्र नं. ३ बाट प्रतिनिधिसभा उम्मेदवार समेत रहेका नेता खाँणले दलीय सहमति सहकार्य र एकताबाटै देशमा ठूल्ठूला परिवर्तनहरु सफल भएको स्मरण गर्दै प्राप्त उपलब्धीको रक्षा, दिगो शान्ती, विकास र समृद्धिका लागि गठबन्धनका उम्मेदवारलाई जिताउन मतदातालाई आग्रह गरे।

‘प्रतिगमनका विरुद्ध लड्न गठबन्धन गरेका हौं। देशलाई दुर्घटनाबाट जोगाउन, विकास र समृद्धि ल्याउन गठबन्धनका उम्मेदवारलाई जिताउनुस् तपाईंहरुले नै खोजे जस्तो काम गरेर देखाउँनेछौं’ नेता खाँणले भने।

प्रकाशित: ४ कार्तिक २०७९ १२:३१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App