coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

कार्यकर्तालाई पन्छाएर बुवालाई उम्मेदवार बनाउँन रेशमको चलाखी

रेशम चौधरी र उनका बुवा लालवीर चौधरी।

टिकापुर घटनामा दोषी ठहर भएर कैद सजाय काटिरहेका रेशम चौधरीले नागरिक उन्मुक्ति पार्टीका कार्यकर्तालाई पन्छाएर बुवालाई उम्मेदवार बनाएर चलाखी गरेका छन्। निर्वाचन क्षेत्र नं १ मा आफ्नो उम्मेदवारी सोतह खारेज हुने जानकार हुदाँहुदै सहोदर बुवा लालवीर चौधरीलाई स्वतन्त्र उम्मेदवार मनोनयन दर्ता गराएर कार्यकर्तालाई उम्मेदवार हुनबाट पन्छाएको बुझिएको छ।  

चुनावको मिति तोकिएपछि चुनावी माहोल बनाउँन रेशम चौधरीको नाम लिने अन्तत चुनावमा कार्यकर्ता भित्रबाट उम्मेदवार बनाउँने कार्यकर्तामाझको सम्झौता त्याग्दा नागरीक उन्मुक्ति कार्यकर्तामा तिब्र असन्तुष्टि देखिएको छ। सामाजिक संजालमा भईरहेको टिका टिप्पणी उदाउँदै गरेको पार्टीलाई चुनावमा नोक्सान हुने देखिन्छ।

अदालतले दोषी ठहर गरेर कैद सजाय भोगिरहेको बेला रेशम चौधरीको उम्मेदवारी बदर हुने निश्चित हुदाँहुदै पनि कार्यकर्तालाई उम्मेदवारी बदर नहुने आश्वस्त पारेर बुवा लालबिरलाई स्वतन्त्रबाट उठाएर नागरीक उन्मुक्ति पाटी घरकै पाटी बनाउँन खोजेको यतिबेला रेशमलाई आरोप लागेको छ।

‘रेशमले उम्मेदवार दिदा कार्यकर्तालाई झुक्काए, कानुनी व्यवसायी,आयोगसँग छलफलमा बदर नहुने भनेर आश्वस्त पारे ’नागरिक उन्मुत्ति पार्टीका एक कार्यकर्ताले नागरिकसँग भने,‘रेशमको उम्मेदवारी बदर हुने थाहा भएर नै वुवालाई स्वतन्त्रबाट उम्मेदवारी दिल लगाए, यो त लाटो र सोझाले बुझदैनन र ? चुनावमा उठाएर घरकै पाटी नेतृत्वमा पाटी चलाउँने देखेपछि कार्यकर्तालाई दुःख लागेको छ।’

निर्वाचन क्षेत्र २ बाट नागरिक उन्मुक्ति पार्टीका रेशम चौधरीको उम्मेदवारी खारेज भएसँगै उनको बुवा चुनाव लड्ने भएका छन्। चौधरीको उम्मेदवारी खारेज हुनसक्ने पूर्वानुमान गरेर उनका बुवा लालवीर चौधरीले स्वतन्त्र रुपमा बर्दिया क्षेत्र नम्बर २ मै उम्मेदवारी दर्ता गराएका थिए। 

बुवाालाई चुनाव लडाएर थारुको भावनात्मक भोट तान्न खोज्दा पार्टी भित्र असन्तुष्टि बढेको छ। रेशम चौधरीकी पत्नि रञ्जिता चौधरीले एवम् नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष हुन्। पत्नि रञ्जिता कैलाली क्षेत्र नं.बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएकि छन्। यसअघि सोहि क्षेत्रबाट रेशमले चुनाव जितेका थिए।

रेशम चौधरी र सोही घटनामा फरार रहेका लक्ष्मण थारुको उम्मेदवारी निर्वाचन आयोगले खारेज गरिदिएको छ। रेशमले बर्दिया–२ मा र लक्ष्मणले कैलाली–५ मा उम्मेदवारी दिएका थिए। चौधरी र थारु दुवैको उम्मेदवारी खारेज भएको छ।

प्रकाशित: २६ आश्विन २०७९ ०८:४९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App