coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

काभ्रेमा प्रतिनिधिसभातर्फ बाँस्कोटा र लामालाई टिकट

नेकपा एमालेले काभ्रेमा प्रतिनिधिसभातर्फ गोकुल बाँस्कोटा र रेशम लामालाई टिकट दिएका छन्।

काभ्रे १ प्रतिनिधिसभा तर्फ रेशम लामाले टिकट पाएका छन् भने काभ्रे २ मा गोकुल बाँस्कोटाले पाएका छन्।  

पूर्व राज्यमन्त्री समेत रहेका लामा राप्रपाबाट एमाले प्रवेश गरेका हुन्। उनी अहिले एमालेको केन्द्रीय सदस्य हुन्।

यस्तै प्रदेशसभा तर्फ १ क मा दिल बहादुर तामाङ (दिलीप) र ख मा चन्द्र लामाले टिकट पाएका छन्। लामा बागमती प्रदेशका पूर्व भौतिक पूर्वाधार मन्त्री हुन्।

यस्तै प्रदेशतर्फ २ क मा प्रदेश कमिटी सदस्य कुमार खकुरेल र २ ख मा कुमार थापाले टिकट पाएका छन्।

प्रकाशित: २१ आश्विन २०७९ १२:४८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App