८ वैशाख २०८१ शनिबार
राजनीति

देउवालाई हराउन काँग्रेस बीपीका कर्ण मल्ललाई एमालको समर्थन

नेकपा एमालेले प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवाविरुद्ध उम्मेदवारी नदिएर काँग्रेस बीपीका वरिष्ठ उपाध्यक्ष कर्ण मल्ललाई समर्थन गर्ने भएको छ।  

एमालेले सुदूरपश्चिमका १५ वटा निर्वाचन क्षेत्रमा पार्टीका उम्मेदवार तय गर्दा देउवाको निर्वाचन क्षेत्र डडेलधुरामा भने उम्मेदवार नउठाइ कर्ण मल्ललाई समर्थन गर्ने भएको हो।

प्रधानमन्त्री देउवाविरुद्ध डडेलधुरामा  स्थानीय तहमा पनि एमाले र कांग्रेस बिपीबीच तालमेल भएको थियो। आगामी मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभामा पनि डडेलधुरामा तालमेल गर्ने भएको छ।  

एमालेले प्रतिनिधिसभाका लागि सिफारिस भएका पठनसिंह बोहरा प्रदेशसभा उम्मेदवार बनेपछि देउवाविरुद्ध मल्ल उम्मेदवार बन्ने निश्चित भएको छ।

प्रकाशित: २१ आश्विन २०७९ १२:३४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App