coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

उदयपुरका दुवै क्षेत्रमा निर्वाचन कार्यालय स्थापना

बिहीबार कटारीमा खुलेको २ नं. क्षेत्र निर्वाचन अधिकृतको कार्यालय।

आगामी मंसिर ४ गते हुन गईरहेको प्रदेशसभा र प्रतिनिधिसभा चुनावका लागि उदयपुरमा मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालय खुलेको छ। मुख्य निर्वाचन अधिकृतको कार्यालय दशैं अघि सदरमुकाम गाईघाटमा खुलेको हो भने २ नं.क्षेत्र निर्वाचन अधिकृतको कार्यालय बिहीबार कटारीमा खुलेको हो।  

बिहीबार एक कार्यक्रमको अवसर पारेर उदयपुर उद्योग बाणिज्य संघ कटारीको भवनमा २ नं. निर्वाचन अधिकृतको कार्यालय खुलेको हो। नयाँ कार्यालयमा २ नं. निर्वाचन अधिकृतको जिम्मेवारी पाएका जिल्ला अदालतका फैसला कार्यान्वयन निर्देशक जीवनकुमार भण्डारीले बिहीबारबाटै कार्यभार सम्हालेका छन्। २ न. निर्वाचन अधिकृतको कार्यालयले प्रदेशसभा २ (क) र (ख) को चुनावी गतिबिधि पनि गर्नुपर्ने जिम्मेवारी पाएको छ।  

कार्यालय खुलेसँगै निर्वाचनसम्बन्धी सम्पूर्ण तयारीको कार्य तीव्र गतिमा अघि बढेको मुख्य निर्वाचन अधिकृत भण्डारीलाई उद्धृत गर्दै सहायक निर्वाचन अधिकृत देवराज भट्टराईले बताए। उनका अनुसार आगामी २३ गते उम्मेदवारको मनोनयन दर्तादेखि मंसिर ४ गते मतदानपछि गणनाको नतिजा नआएसम्म कार्यालय सञ्चालनमा रहनेछ।    

यता १ नं. निर्वाचन क्षेत्र र सो अन्तगर्त प्रदेशसभा १(क) र (ख)समेतको जिम्मेबारी पाएको मुख्य निर्वाचन अधिकृतको कार्यालय जिल्ला समन्वय समिति उदयपुरको भवनमा खुलेको छ। दशैंैंअघि नै खुलेको कार्यालयमा खुख्य निर्वाचन अधिकृत जिल्ला न्यायाधीश कृष्णप्रसाद सुवेदीले त्यसबेला नै कार्यभार सम्हालिसकेका छन्।  

मंसिर ४ को निर्वाचनका लागि उदयपुरबाट सवा दुईलाखभन्दा बढी नागरिकले मतदान गर्न पाउँदैछन्। चुनावको अघिल्लो दिन अर्थात मंसिर ३ गतेसम्ममा १८ वर्ष उमेर पुरा गर्ने नाबालिगलाई मताधिकारको प्रावधान अनुसार उदयपुरमा २ लाख २८ हजार ९ सय ४६ जना मतदाता संख्या पुग्नेछ। जसमा महिला १ लाख १२ हजार ८ सय ४९ र पुरुष १ लाख १६ हजार ९५ जना २ जना अन्य लिङ्ग िमतदाता हुने जिल्ला निर्वाचन अधिकारी खेमराज कोईरालाले बताए।  

कोईरालाका अनुसार गत स्थानीयतह चुनावयता जिल्लामा महिला १ हजार ५ सय ९८ र पुरुष ३ हजार २ सय १० गरी कुल ५ हजार ८ सय ८ जना मतदाता थपिएका छन्। ४ नगर र ४ गाउँपालिका गरी ८ वटा स्थानीयतह रहेको उदयपुृरमा मंसिर ४ को निर्वाचनका लागि मतदानस्थल र मतदान केन्द्र पनि थपिएको छ। वैशाख ३० को स्थानीयतह चुनावमा ९८ मतदानस्थल र २ सय ५८ मतदानकेन्द्र रहेको जिल्लामा आउँदो चुनावमा ३ वटा मतदानस्थल बढाएर १ सय १ बनाइएको छ। त्यसैगरी ६ वटा मतदानकेन्द्र थपेर २ सय ६४ कायम गरिएको कोईरालाले बताएका छन्। 

प्रकाशित: २१ आश्विन २०७९ ०९:३७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App