७ वैशाख २०८१ शुक्रबार
राजनीति

निर्वाचन अधिकृतले ३ निर्वाचन क्षेत्रलाई उम्मेदवारी संकलन गर्नुपर्ने

निर्वाचन आयोगले प्रतिनिधि सभाको १६५ वटै निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय स्थापनाको काम सकिएको जनाएको छ।

असोज २१ गते बिहीबारसम्म निर्वाचन आयोगले दिएको तोकेको समयसीमा भित्र नै प्रतिनिधि सभा तर्फका १६५ वटै क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय स्थापना भइसकेको जनाएको हो। शुक्रबार निर्वाचन आयोगका सह प्रवक्ता सूर्यप्रसाद अर्यालले बिहीबारसम्म १६५ वटै प्रतिनिधि सभाका निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालयहरु स्थापना भइसकेको बताए। उनले स्थापना भएका कार्यालयहरुमा जनशक्ति र आवश्यक व्यवस्थापकीय कामहरु पनि पूरा भएको बताए। स्थापना भएका निर्वाचन अधिकृतको कार्यालयमा शुक्रबार र शनिबारको समय असोज २३ गते हुने प्रतिनिधि र प्रदेश सभाको प्रत्यक्ष तर्फको उम्मेदवारी मनोनयनका लागि तयारीको समय रहेको बताए। निर्वाचन अधिकृतले आफ्नो मातहतबाट ३ वटा निर्वाचन क्षेत्रलाई उम्मेदवारी संकलन गर्नुपर्ने उनले बताए।  

सह प्रवक्ता अर्यालले प्रतिनिधि सभाको प्रत्यक्ष र प्रदेश सभाको १ र २ को प्रत्यक्षका लागि उम्मेदवारहरुको विवरण संकलन गर्नुपर्ने बताए। आयोगले प्रत्यक्ष तर्फको दल दर्ताका लागि व्यवस्थित गर्न अहिलेको आचारसंहीताले सहज बनाएको अर्यालले बताए। उनले विगतमा हुने तामझाम र बाजागाजासहितको प्रचलनलाई अन्त्य गरी २५ जना मात्रै उपस्थित हुन पाउने प्रावधानले दल दर्ताका लागि केही सहज बनाएको बताए।  ठूलो दलहरु दल दर्ता गर्न जाँदा  भीडभाड हुनसक्ने अवस्थालाई मध्यनजर गरी निर्वाचन अधिकृतले विभिन्न दल र सम्भावित उम्मेदवारसँग छलफल गरी समय निर्धारण गर्नसक्ने उनको भनाइ छ। उनले कसरी मनोनयन दर्ता व्यवस्थित गर्ने र कसरी आचारणद्ध गराउने? भन्नेकुराको छलफलसँगै अनुशासन र आचारसंहीताको सीमा र परिधिभित्र रहेर राम्रो मनोनयन दर्ता हुनेमा आयोग विश्वस्त रहेको बताए।

सह प्रवक्ता अर्यालले मनोनयन दर्ता गर्न कानूनी प्रक्रिया पूरा गरेको (योग्य) जो कोही व्यक्तिले पनि स्वतन्त्र उम्मेदवारी दिन पाउने व्यवस्था भएकाले आयोगले तोकेको समयभित्र उम्मेदवारी दर्ता गर्नसक्ने अधिकार रहेको बताए।

प्रकाशित: २१ आश्विन २०७९ ०९:२० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App