१६ चैत्र २०८० शुक्रबार
राजनीति

कास्कीमा निर्वाचन क्षेत्र अनुसार निर्वाचन अधिकृत कार्यालय स्थापना

तीनवटै निर्वाचन क्षेत्रमा झण्डै तीन लाख मतदाता

आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यको निर्वाचनको लागि निर्वाचन क्षेत्र अनुसार मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ। जिल्ला निर्वाचन कार्यालय कास्कीका सूचना अधिकृत रुद्र न्यौपानको अनुसार स्थापना भएको निर्वाचन अधिकृतको कार्यालयमा मनोनयन दर्ता गर्न सकिने छ।  

‘असोज २३ गते तोकिएको निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी मनोनयन दर्ता कार्यक्रमको लागि आवश्यक तयारी गरिएको छ।’ सूचना अधिकृत न्यौपानेद्वारा जारी प्रेस नोटमा उल्लेख छ। उनका अनुसार निर्वाचन क्षेत्र नं ३ को कार्यालय जिल्ला समन्वय समितिको कार्यालय परिसर शहीद चोकमा रहेको छ। त्यसैगरी निर्वाचन क्षेत्र नं २ को कार्यालय पोखरा सभागृह, र निर्वाचन क्षेत्र १ को कार्यालय पशु सेवा निर्देशनालयन परिसर अस्पताल चोकमा रहेको छ।  

जिल्ला निर्वाचन कार्यालय कास्कीको तथ्यांक अनुसार कास्कीमा तीनवटै निर्वाचन क्षेत्रमा दुईलाख ९१ हजार ५ सय ६८ मतदाता रहेका छन्। दुई हजार १ सय ६९ मतदान स्थलमा ३ सय ४४ वटा मतदान केन्द्र तोकिएको छ।  तथ्यांक अनुसार प्रदेश सभा सदस्य निर्वाचन क्षेत्र १ को (१) मा ५८ हजार ४ सय ४५ मतदाता रहेका छन्। निर्वाचन सूचना अधिकृत रुद्र न्यौपानेका अनुसार महिला तर्फ ३० हजार ८ सय २७ र पुरुष तर्फ २७ हजार ६ सय १७ मतदाता रहेको तथ्यांक छ। अन्यमा १ जना रहेको समेत निर्वाचन कार्यालय कास्कीले उल्लेख गरेको छ। ७० मतदान केन्द्र रहेका छन्।  

प्रदेश सभा १ को (२) मा ६४ मतदान केन्द्र रहेको निर्वाचन सूचना अधिकृत न्यौपानेले जानकारी दिए। ५२ हजार २ सय ७० मतदाता रहेकोमा २७ हजार २ सय ३७ महिला र २५ हजार ३३ जना पुरुष मतदाता रहेको छन्। ‘प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नं १ मा १ सय ३४ मतदान केन्द्र छन् ’ उनले भने ‘१ लख १० हजार ७ सय १५ मतदाता छन्।’ उनका अनुसार ५८ हजार ६४ महिला र ५२ हजार ६५० पुरुष मतदाता रहेका छन्।  

प्रदेश सभा २ को (१)मा ४२ हजार २ सय ८२ मतदाताले आगामी मंसिर ४ गते तोकिएको मतदान केन्द्रमा गएर मतदान गर्ने निर्वाचन कार्यालय कास्कीले जनाएको छ। ४९ मतदान केन्द्र तोकिएको छ। २२ हजार ५ सय ८८ महिला मतदाताको तथ्यांक छ। १९ हजार ६ सय ९४ पुरुष मतदाता छन्। प्रदेश सभा सदस्य २ को (२) मा ४२ मतदान केन्द्र तोकिएको छ। त्यस केन्द्रमा ३६ हजार ८ सय ५६ मतदाताले मतदान गर्ने निर्वाचन कर्यालयले जनाएको छ। १९ हजार ४ सय ५२ महिला र १७ हजार ४ सय ३ पुरुष मतदाता रहेका छन्। प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नं २ को लागि ९१ मतदान केन्द्र निर्धारण गरिएको छ। तथ्यांक अनुसार ७९ हजार १ सय ३८ जना मतदाताले मतदान गर्ने छन्। ४२ हजार ४० महिला, ३७ हजार ९७ पुरुष र अन्य १ जना रहेको तथ्यांकमा उल्लेख छ।  

प्रदेश सभा ३(१) प्रदेश सभा सदस्यको लागि ६२ केन्द्र रहेका छन्। ५२ हजार ८ सय ६२ कुल मतदाता रहेका छन्। पुरुष २५ हजार ४ सय ९ र २७ हजार ४ सय ५२ महिला मतदाता रहेका छन्। त्यस्तै प्रदेश ३ को (२) मा ४८ हजार ८ सय ५३ मतदाता रहेका छन्। महिला २४ हजार ९ सय ६६ जना छन् भने पुरुष २३ हजार ८ सय ८६ मतदाता रहेका छन्। ५७ मतदान केन्द्र तोकिएको छ। प्रतिनिधि सभा सदस्यको लागि १ लाख १ हजार ७ सय १५ जनाले मतदान गर्ने निर्वाचन कार्यालयले जनाएको छ। अन्य दुई, महिला मतदाता ५२ हजार ४ सय १८ तथा पुरुष ४९ हजार २ सय ९५ मतदाता रहेका छन्।

प्रकाशित: २० आश्विन २०७९ १३:५५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App