coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

व्यवस्थामाथि संकटको बादल मडारिरहेको छः रामचन्द्र पौडेल

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले व्यवस्थामाथि संकट कायमै रहेको बताएका छन्। विजया दशमीका अवसरमा भिडियो सन्देश जारी गर्दै वरिष्ठ नेता पौडेलले देशमा संक्रमणकालीन अवस्था अझै कायम रहेको भन्दै व्यवस्थामाथि अहिले पनि संकट कायम रहेको बताएका हुन्।

नेपाललाई सुशासन दिएर नेपालको उन्नति प्रदान गर्नुको साटो देशलाई उल्टो बाटोमा लैजाने प्रवृतिले षड्यन्त्र कायम रहेको आफुलाई अनुभूति भइरहेको उनले बताए। उनले देशलाई उल्टो बाटोमा लैजाने प्रवृतिलाई निरुत्साहीत गर्न जरुरी रहेको उल्लेख गरेका छन्।

पौडेलले मुलुकलाई स्पष्ट दिशा र लक्ष्य अगाडि राखेर सत्तामा रहेका पाँच दलका बीचमा गठबन्धन भएको प्रष्ट्याए। पौडेलले भिडियो सन्देशमा भनेका छन्, ‘मुलुकको हितको लागि र समाजिक न्यायको लागि हामी डटिरहेका छौ। मुलुकलाई उन्नतिको मार्गका लैजानका लागि हामीले गठबन्धन गरेका हौं।’

पौडेलले नेपालको उन्नतिको बाटोलाई अगाडि बढाउँदै मुलुकलाई पश्चगामी बाटोमा लैजान टाउको उठाउँदै गर्ने प्रवृतिहरूलाई निरुत्साहीत पार्न नेतृत्वको कार्यक्षमता, सुशासन दिने नैतिक क्षमता र नैतिक शक्तिको आवश्यकता हुने बताए।

प्रकाशित: १७ आश्विन २०७९ ०५:११ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App