१६ चैत्र २०८० शुक्रबार
राजनीति

संविधान र सङ्घीयताको रक्षाका लागि आगामी निर्वाचनमा विजय गराउन अध्यक्ष दाहालको अपिल

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भाषा, संस्कृति र सभ्यताको संरक्षण गर्दै तिनको समृद्धिमा लाग्नु सबैको दायित्व भएको बताएका छन्। 

दसैँ, तिहार, छठ, नेपाल संवत्, ल्होसारलगायत चाडपर्वका अवसरमा शुभकामना दिँदै उनले हाम्रा सांस्कृतिक पर्वले नेपाली समाजमा आपसी सहिष्णुता र भावनात्मक एकता पैदा गर्ने विश्वास व्यक्त गरे। सांस्कृतिक पर्वको शृङ्खलाभित्र अब हामी प्रादेशिक र सङ्घीय निर्वाचनको सङ्घारमा रहेको जनाउँदै अध्यक्ष दाहालले आगामी मङ्सिर ४ गते हुन गइरहेको निर्वाचनमा प्रतिगमन विरोधी शक्तिलाई मत दिई संविधान, गणतन्त्र, सङ्घीयताको रक्षा र सुदृढीकरणका लागि विजय गराउन अपिल गरेका छन्।

प्रकाशित: १६ आश्विन २०७९ ११:०१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App