coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

जसले अप्ठ्यारोमा पार्टी जोगाए, उनैलाई चिन्दैन कांग्रेस

जनप्रतिनिधि बनेर राजनीतिक जीवनबाट ‘सन्यास’ लिने पुरानो सपना साकार पार्ने अनेकन प्रयास। पटक पटकका प्रयास फेल भए। सिंगो कांग्रेसमा पलाएको ‘प्रतिशोध’ रुपी ‘बिष’ को शिकार बनिरहे दाङका पुराना कांग्रेसी नेता बिरकेसरी गौतम। तथापी द्वन्द्वकालमा दाङमा कांग्रेस र कांग्रेसीलाई ‘जोगाएको’ आफ्नो योगदानको कदर हुने ‘भ्रम’ मा परिरहे उनी। फलतः आगामी निर्वाचनबाट प्रतिनिधिसभा सदस्य बन्ने ‘अन्तिम’ जस्तै प्रयास थालेका गौतमले १० दिनसम्म काठमाडौँका गल्ली नापे , नेताहरुको दैलोमा ‘टिकट’ को ‘भिख’ मागे।  

१० दिनसम्म काठमाडौँको गल्ली नापेका गौतमको पार्टी प्रतिको ‘योगदान’ लाई भने केन्द्रीय नेताहरुले यसपाला पनि नाप्न भ्याएनन्। फेरी उम्मेदवारका लागि ‘अयोग्य’ करार गरिए, अनि आफू माथि पुनः गरिएको प्रतिशोध रुपी ‘बन्देज’ ले फेरी ‘गले’ गौतम। नेताहरुको दैलोमा टिकटको भिख मागेका पुराना नेता गौतम रित्तो हात घर फर्किए। समानुपातिक उम्मेदवारमा सिफारीसमा परेका गौतम बन्द सुचीमा अटाएनन्। ‘सिफारीस कागज’ को ‘चिर्कटो’ बाटै फ्याँकिएका गौतमले आफ्नो ‘गलहत्याई’ लाई बुझेका छन् ‘मलाई फेरी प्रतिशोधको शिकार बनाईयो, मेरो मुल्यांकन कुनै न कुनै बेला होला भन्ने थियो, तर म गलत रहेछु।’

बुढौली शरिर। राजनीतिक दौडधुपबाट ‘थकीत’ महशुस गरेका गौतमले वर्तमान कांग्रेसले झनै पिरोलिरहेको छ। कांग्रेस जोगाउनका लागि आफूले गरेका ‘त्याग’ रुपी पानाहरु पल्टाएर ईतिहाँस पढिरहेका छन्। भन्छन् ‘मलाई ति दिनहरुले झस्काईरहन्छन्,ति दिनमा गरिएको कर्मको मूल्यांकन हुनु पर्ने थियो।’

हुन पनि कांग्रेसी भएकै कारण बिवाहकै दिन गिरफ्तारीमा परेको तितो ‘यथार्थ’ गौतमको मानसपटलबाट अहिले पनि छिप्न सकेको छैन। उनि भन्छन् ‘बिवाहको दिन सुहागरात पनि मनाउन पाएन,बिवाहकै दिन गिरफ्तारीमा परेँ।’  

२०३६ को पञ्चायत बिरोधी आन्दोलनमा सडकमा खरो बनेर उत्रिएका गौतम त्यो बेला तत्कालीन शाशकहरुको ‘वान्टेड’ सूचीमा थिए। उनले पञ्चायत बिरोधी युवा विद्यार्थी आन्दोलनमा सशक्त भूमिका निर्वाह गरेका थिए।  

२०३६ को पञ्चायत बिरोधी आन्दोलनमा सडकमा खरो बनेर उत्रिएका गौतम त्यो बेला तत्कालीन शाशकहरुको ‘वान्टेड’ सूचीमा थिए। उनले पञ्चायत बिरोधी युवा विद्यार्थी आन्दोलनमा सशक्त भूमिका निर्वाह गरेका थिए।  

त्यो बेला आफुलाई शाशकहरुबाट लुकाएका गौतमको परिवारमा त्यहि बेला उनको बिवाहको निर्णय भयो। उनको बिवाहमा घरबाट जन्ती निस्कन पाएन। गौतमको बिवाहको खवर प्रहरीले पाईसकेको थियो। गौतमलाई त्यहि बेलै नियन्त्रणमा लिने तयारीमा रहेको प्रहरीले गौतमको घर घेरा हालिसकेको थियो। ‘म घरमा हुने कुरै भएन,म फरार थिएँ,घरबाट जन्ती निस्कने तयारी भैरहेको थियो,’ गौतमले भने ‘तर प्रहरीले घर घेरा हाल्यो, जन्ती समेत निस्कन पाएन।’

लुकीछिपी घर परिवारका केही सदस्य सहित बेहुला बनेर दुलही लिन पुगे गौतम। तर प्रहरीले यो पनि थाहा पाईसकेको थियो। दुलही लिएर घर फर्कँदै गर्दा गौतमलाई प्रहरीले फेला पार्यो।  अनि त्यहिबाटै उनलाई नियन्त्रणमा लियो। ‘म दुलही लिएर घर फर्कने बेलामा बाटोबाटै गिरफ्तारीमा परेँ,’ उनले भने ‘म थुनातिर लागेँ, दुलही एक्लै घर गईन्।’  गौतम झण्डै दुई महिना पछि मात्रै रिहा भए।

लुकीछिपी घर परिवारका केही सदस्य सहित बेहुला बनेर दुलही लिन पुगे गौतम। तर प्रहरीले यो पनि थाहा पाईसकेको थियो। दुलही लिएर घर फर्कँदै गर्दा गौतमलाई प्रहरीले फेला पार्यो।  अनि त्यहिबाटै उनलाई नियन्त्रणमा लियो। ‘म दुलही लिएर घर फर्कने बेलामा बाटोबाटै गिरफ्तारीमा परेँ,’ उनले भने ‘म थुनातिर लागेँ, दुलही एक्लै घर गईन्।’  गौतम झण्डै दुई महिना पछि मात्रै रिहा भए।

दाङलाई कांग्रेसको ‘गढ’ बनाउने मिशनमा अनवरत खटिएका गौतमका लागि तत्कालीन माओवादी सशस्त्र युद्ध एकल चुनौतीका रुपमा उब्जियो। त्यो बेला कांग्रेसीहरु माथि भएको दमन रोक्ने शाहस उनि एक्लैले गर्नु पर्यो। उनि त्यो बेला दाङ कांग्रेसका सभापति थिए। खरो स्वभावका गौतम माओवादीसंग वार्ताका लागि अनेकन स्थानमा एक्लै पुग्थे। एकोहोरो माओवादीको निशानामा परिरहेका दाङका कांग्रेसीहरुलाई जोगाउन जंगल÷गोप्य स्थानमा माओवादीको घेरा भित्र आफूलाई उभ्याए गौतमले।  

माओवादी लडाकुहरुको घेरा भित्र एक्लै बसेर कांग्रेसीहरु माथि भएको अत्याचारको बिरोध गर्थे, अत्याचार रोक्न सुझाउँथे, गलत नगर्न चुनौती समेत दिन्थे। ‘अरु साथीहरु मसंग वार्ताका लागि माओवादी नेताहरु सम्म जान डराउँथे,’ गौतम भन्छन् ‘धेरै ठाउँहरुमा माओवादीसंग वार्ता गर्न एक्लै गएँ।’ कांग्रेसका जिल्ला सभापति, माओवादीको ‘तारो’ मा गौतम स्वयं नहुने कुरै भएन। तथापी कार्यकर्ताहरुको सुरक्षाका निम्ती आफूलाई माओवादी घेरभित्र शाहस जुटाएर एक्लै उभ्याउँथे। ‘त्यो बेला माओवादीहरुले मलाई थ्रेट नदिने कुरै भएन नि,म त्यो बेला झन् पार्टी सभापति पो थिएँ,’ उनले भने ‘तथापी म शाहस लिएर माओवादी समक्ष पुग्थेँ।’

त्यो बेला तत्कालीन माओवादी नेता नेत्रबिक्रम चन्दसंग कब्जा भएको कांग्रेसीहरुको सम्पत्ति फिर्ताका लागि वार्तामा बसेको स्मरण गौतमले गरे। ‘बिप्लवसंग वार्तामा बसेँ,हाम्रा साथीहरुको सम्पत्ति किन कब्जा गरेको भनेर मैले प्रश्न गरेको थिएँ,’ गौतमले भने ‘यो राम्रो भएन भनेर मैले उहाँलाई सुझाव पनि दिएको थिएँ।’ गौतम जिल्लाका कांग्रेसीहरुको त्यो बेला माओवादीबाट कब्जा भउको जमिन फुकुवाका लागि निरन्तर माओवादीसंग बैचारिक लडाई लडेका थिए। 

बेपत्ता पारिएका आफ्ना काार्यकर्ताको रिहाईका लागि पटक पटक जंगल सम्मै पुगेका गौतम कांग्रेसीहरुका भरोसाका केन्द्र बनेका थिए। फलतः अहिले पनि उन्लाई दाङका कांग्रेस कार्यकर्ताहरुले ‘शाहसी सभापति’ को दर्जा दिन्छन्। माओवादी द्वन्द्वकालको जगजगी पूर्ण अवस्थामा गौतमले जिल्ला सभापतिको दुई कार्यकाल पुरा गरे। अब, उनको योजना थियो जनप्रतिनिधि बन्ने।  

२०६४ को पहिलो संविधानसभा निर्वाचन देखि गौतमले जनप्रतिनिधि बन्ने कसरत थाले। तत्कालीन पार्टी सभापति गिरीजा प्रसाद कोइरालाले गौतमलाई नलड्न सुझाव दिए। गौतम भन्छन् ‘म संविधानसभा सदस्यका लागि सिफारीसमा परेको थिएँ, त्यो बेला म जिल्ला सभापति पनि भएकाले गिरीजा बाबुले मलाई चुनाव नलड्न सुझाव दिनु भयो र म ब्याक भएँ।’

२०६४ को पहिलो संविधानसभा निर्वाचन देखि गौतमले जनप्रतिनिधि बन्ने कसरत थाले। तत्कालीन पार्टी सभापति गिरीजा प्रसाद कोइरालाले गौतमलाई नलड्न सुझाव दिए। गौतम भन्छन् ‘म संविधानसभा सदस्यका लागि सिफारीसमा परेको थिएँ, त्यो बेला म जिल्ला सभापति पनि भएकाले गिरीजा बाबुले मलाई चुनाव नलड्न सुझाव दिनु भयो र म ब्याक भएँ।’

संविधानसभाको पछिल्लो निर्वाचन २०७० मा उनि फेरी चुनाव लड्न चाहे। तर त्यो बेला पनि पाएनन्। ०७४ को स्थानीय तहको निर्वाचनमा उम्मेदवार बन्ने आकांक्षा पाले गौतमले। घोराही उपमहानगरको मेयरका आकांक्षी गौतमले त्यो बेला पनि टिकटका लागि काठमाडौँमा दौडधुप निक्कै गरेका थिए। ‘मेयरमा आकांक्षी थिएँ, टिकटका लागि काठमाडौँ दौडधुप पनि गरेँ,’ उनले भने ‘तर त्यो बेला पनि मैले टिकट पाएँन।’ तथापी गौतमले जनप्रतिनिधि बन्ने दृढतालाई मर्न दिएनन्। लगत्तै भएको प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनमा उम्मेदवार बन्न खोजेका गौतम त्यो बेला पनि पछारिए।  

बर्षौँ देखि जनप्रतिनिधि बन्ने सपनालाई पछ्याईरहेका गौतमले कांग्रेस भित्र मौलाएको गुटगत राजनीतिको शिकार आफू बन्दै आएको महशुस गर्छन्। कांग्रेस भित्रको यो गलत संस्कृति केन्द्र देखि स्थानीय स्तर सम्मै ब्याप्त भएको उनको बुझाई छ। अनि त स्थानीय स्तरमा पनि गौतमले फेल खानु पर्छ। उनी कांग्रेसको गत महाधिवेशनमा केन्द्रीय महाधिवेशन प्रतिनिधि चुनिन सकेनन्। स्थानीय तहमै मौलाएको गुटगत राजनीतिको निशानामा गौतम परे। ‘पार्टीमा योगदान गरेका कैयन पुराना नेताहरुको मूल्यांकन गर्ने परिपार्टी कांग्रेस भित्र हराईसकेको छ,’ गौतमले भने ‘यो रोग कांग्रेसको स्थानीय स्तर देखि केन्द्रीय स्तर सम्मै उस्तै छ।’  

जनप्रतिनिधि बन्ने दौडबाड गलेका गौतम कांग्रेस भित्रको स्वार्थको लडाईँ देखि दिक्क छन्। जनप्रतिनिधि बन्ने आफ्नो दृढ संकल्प अब पुरा हुने वा नहुने त्यो फरक पाटोको कुरा भयो। तर उनि पार्टीको इतिहाँसलाई आम कांग्रेसीहरुले सम्मान र उचित मूल्यांकन होओस् भन्ने चाहन्छन्। भन्छन् ‘मेरो एउटा मात्रै चिन्ता छ,कि कांग्रेस भित्र ‘सम्मान’ को संस्कृति कायम होओस्।’

प्रकाशित: १४ आश्विन २०७९ १५:१५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App