coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

दलालमार्फत देश चलाउने गिरोह सक्रिय रहेछः मन्त्री घिमिरे

प्रदेश नं. १ का यातायात तथा सञ्चारमन्त्री उपेन्द्रप्रसाद घिमिरेले देश दलालहरु मार्फत चलाउने गिरोह रहेको जिकिर गरेका छन्। उनले सबैभन्दा बढी कर्मचारीहरुमाथि मनोमानी बढेर गएको पनि टिप्पण गरे।

‘खास गरेर २०७४ सालमा भएको निर्वाचनपछि केपी ओलीको नेतृत्वमा दुई तिहाइको सरकार बन्यो, त्यही बेलादेखि बढी मात्रमा देश दलालहरुमार्फत चलेको अनुभूति भएको छ,’ शुक्रबार इटरीमाचारदिने समाचार तथा फिचर लेखन प्रशिक्षण समापन कार्यक्रममा मन्त्री घिमिरेले ‘अहिले गठबन्धनको सरकार हुँदा केही हदसम्म भएपनि सुशासन कायम भएको छ।’

उनले दलालहरुकै कारण भ्रष्टाचार नभएको ठाउँ नभएको पनि जिकिर गरे। ‘मैले नेतृत्व गरेको यातायात कार्यालयमा धेरै वर्ष बसेको कर्मचारी अन्यत्र सरुवा हुनै चाहदैन,’ उनले भने, ‘मैले प्रस्ट भनेको छु, नभेटिन्जेल ठीकै छ, भेटेपछि छाडदिन्।’ उनले यातायात कार्यालयमै पहिलाको तुलनामा यतिबेला भ्रष्टाचार घटेको जिकिर गरे।

मन्त्री घिमिरेले न्यायलयमा समेत भ्रष्टचारमा जोडिएको बताए। ‘कर्मचारीहरुलाई सरुवा गर्दा समेत अनेक बाहना बनाएर अदालतमा मुद्दा दायर गरेपछि उनीहरुकै पक्षमा फैसला हुन्छ,’ उनले भने, ‘कर्मचारीलाई सरुवा गर्दा पनि उनीहरुको पक्षमा फैसला आएपछि हामीले न्यायलयमा भ्रष्टाचारमा नजोडिएको भनेर कसरी भन्ने?’

मन्त्री घिमिरेले प्रदेश नंं. १ का पत्रकारर सञ्चार गृहको नियमनका निम्ति मिडिया काउन्सिल ऐन बनाएपनि विषयगत समितिले तुहाई दिएकाले गर्दा अध्यादेशमार्फत ल्याउने तयारी भएको जानकारी दिए। प्रदेश मिडिया ऐन संसदमा पास नभएकोले त्यसलाई अध्यायदेश मार्फत ल्याउन तयारी भएको उनले जानकारी दिए।

‘राजनीतिक पूर्वाग्राहका कारण संसदबाट विषयगत समितिमा गएपछि समितिले कति दिनभित्रमा संसदमा फिर्ता गर्ने यकिन दिन किटान नहुँदा समितिले विधेयक तुहाई दिएको हो,’ मन्त्री घिमिरेले भने। उनले प्रदेश नंं. १ सरकारले प्रदेश भित्रका स्नातक गरेका महिला र दलितहरुलाई निःशुल्क स्नात्तकोतर पढाउने कार्यविधी बनाइएको पनि जानकारी दिए।

मंगलबारबाट सुरु भएको समाचार तथा फिचर लेखन तालिम शुक्रबारसम्म चलेको हो। तालिममा २५ जना प्रशिक्षार्र्थीहरुको सहभागीता रहेको थियो। तालिमको सहजीकरण पत्रकार महासघंका निवर्तमान अध्यक्ष गोविन्द आचार्यले गरेका थिए।

तालिम समापन कार्यक्रममा नेपाल पत्रकार महासघंका केन्द्रीय सदस्यद्वय अमर खड्का र भिषण राईसँगै नेपालपत्रकार महासंघ सुनसरी अध्यक्ष जनकऋषि राई, नेपाल प्रेस युनियन सुनसरीका कार्यबाहक अध्यक्ष सञ्जिव वाग्ले, प्रेस सेन्टरका उपमहासचिव राजन केडीलगायतले बोलेका थिए।

प्रकाशित: १४ आश्विन २०७९ १३:३२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App