७ वैशाख २०८१ शुक्रबार
राजनीति

नेकपा एसका जिल्ला अध्यक्ष सहितका नेताहरु एमालेमा प्रवेश

नेकपा एसबाट एमाले प्रवेश गरेका विश्वकर्मा सहितको नेता कार्यकर्ताहरु।

बारा निर्वाचन क्षेत्र नम्बर ४ मा जिल्ला बाहिरको व्यक्तिलाई उम्मेदवार बनाउन लागिएको भन्दै नेकपा एकीकृत समाजवादी पार्टीका जिल्ला अध्यक्ष सहित नेताहरु बिहिबार एमालेमा प्रवेश गरेका छन्।

नेकपा एकीकृत समाजवादी पार्टीका बारा अध्यक्ष तथा मधेस प्रदेशका निवर्तमान प्रदेश सभा सदस्य सुन्दर विश्वकर्मा र सीता गुरुङ सहितको टोली एमालेमा प्रवेश गरेका हुन्।

बाराको निर्वाचन क्षेत्र नम्बर ४ मा नेकपा एसका केन्द्रीय सदस्य तथा पूर्व श्रममन्त्री किसान श्रेष्ठलाई पार्टीले प्रतिनिधी सभाको उम्मेदवार बनाउन लागेको भन्दै उनीहरुले एमाले प्रवेश गरेका बताइएको छ।

गठबन्धनले बाराको प्रतिनिधी सभा निर्वाचन क्षेत्र नम्बर ४ लाई नेकपा एसको कोटामा दिएको छ।

निर्वाचन क्षेत्र रहेको बारा ४ मा नेकपा एकीकृत समाजवादी पार्टीले स्थानीय नेतालाई उम्मेदवार नबनाएर बाहिरी जिल्लाको व्यक्तिलाई उम्मेदवार बनाउँदा हाम्रो अपमान हुने देखेर नै एमालेमा प्रवेश गरेको सुन्दर विश्वकर्माले बताए।

पहिला निर्वाचन क्षेत्र नम्बर ४ को प्रदेशसभा का बाट निर्वाचित भएको र अहिले प्रतिनिधीसभा बाहेक आफूले जितेको प्रदेश सभाको निर्वाचन क्षेत्र समेत नेकपा एसले नपाउने अवस्था देखेर गठबन्धनले कार्यकर्ताको राजनीतिक भविष्य नै समाप्त पर्ने देखेर नै एमाले रोज्नु परेको तर्क विश्वकर्माले गरे।

पहिला एमाले छोडेर नेकपा एसमा किन लाग्नु भएको प्रश्नमा त्यस बेला एमालेमा चाकरीवाद , प्रतिनिधीसभा विघटन, ईमानदार कार्यकर्ताहरुको मृल्यांकन नगर्ने लगायतको कमीकमजोरी रहेको र पहिलाको कमीकमजोरीहरु अहिले सुध्रिएको देखेर एमाले प्रवेश गरेको उनले बताए।

२०७४ को निर्वाचनमा नेकपा एमालेबाट बारा क्षेत्र नं ४ (क) बाट प्रत्यक्ष निर्वाचनबाट  विश्वकर्मा निर्वाचित बनेका थिए भने सीता गुरुङ समानुपातिकबाट प्रदेशसभा सदस्य बनेकी थिइन्।

विश्वकर्मा र गुरुङ सँगै नेकपा एसका केन्द्रीय परिषद् सदस्य कौशल किशोर सिंह,महेश विश्वकर्मा, मधेस प्रदेश  कमिटी सदस्य दशरथ राम, विद्या थापा, मीन रहपाल, पार्टी जिल्ला कमिटी सदस्य मञ्जु खनाल,मञ्जु भट्टराई, अच्छेलाल राम, मुक्ती सहनी एमालेमा प्रवेश गरेका बताइएको छ।

नेकपा एमालेका अध्यक्ष केपी ओलीको हातबाट टिका लगाएर उनीहरु एमालेमा प्रवेश गरेका थिए।

प्रकाशित: १४ आश्विन २०७९ ०१:३१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App