coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

एमालेका प्रभावशाली नेता गंगाराम जसपा प्रवेश

धनुषाका प्रभावशाली नेता गंगाराम यादव  जनता समाजवादी पार्टी (जसापा) मा प्रवेश गरेका छन्। बिहीबार धनुषाको सहिदनगर नगरपालिका यादुकोहास्थित जसपा अध्यक्ष उपेन्द्र यादवले उनलाई पार्टीमा स्वागत गरेका हुन्।

गठबन्धन भित्र जसापाले धनुषा निर्वाचन क्षेत्र २ पाए उनलाई जसपाले उम्मेदवार बनाउने तयारी गरेका छन्। उनी नेकपा एमाले राजनीतिक सल्लाहकार समिति सदस्य थिए। शनिबार निर्वाचन क्षेत्र नम्बर २ का निर्वाचित सांसद तथा लोसपा नेता उमाशंकर अरगरिया एमाले प्रवेश गरेका थिए।  

त्यसपछि सोमबार उनले पार्टी त्याग गरेको घोषणा गरेका थिए। एमालेले उनको नाम यी क्षेत्रबाट एकल सिफारिस गरेको पनि अरगरिया प्रवेश सँगै टिकेट पाउने सम्भावना कम भएको थियो।  

उनी ३० वर्षदेखि एमाले पार्टीमा आबद्ध थिए। उनी यस क्षेत्रको प्रभावशाली नेता मानिन्छ। तर यी क्षेत्र सत्ता गठबन्धनबाट कांग्रेसले पाउने सम्भावना बढी छ। गत स्थानीय निर्वाचनमा यी क्षेत्रमा कांग्रेसले सबै भन्दा बढी मत ल्याएका छन्।

प्रकाशित: १३ आश्विन २०७९ १०:४२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App