१५ मंसिर २०७९ बिहीबार
राजनीति

अख्तियार आयोग हेटौँडाद्वारा बागमती प्रदेश प्रमुख शर्मासमक्ष वार्षिक प्रतिवेदन पेस

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौँडाले बागमती प्रदेश प्रमुख यादव चन्द्र शर्मासमक्ष वार्षिक प्रतिवेदन पेस गरेको छ।

आयोगको हेटौँडा कार्यालयका प्रमुख नरहरि घिमिरेले आज एक कार्यक्रमबीच नेपालको संविधानको धारा २९४ को उपधारा ३ बमोजिम आयोगले तयार गरेको आर्थिक वर्ष २०७८/७९ को ३२औँ वार्षिक प्रतिवेदन पेस गरे।

सो अवसरमा प्रदेश प्रमुख शर्माले आयोगको सक्रियताले न्यायमा आधारित समतामूलक, सुशासनयुक्त समाज र राज्य निर्माणमा सहयोग पुग्ने विश्वास व्यक्त गरे।

कार्यक्रममा आयोगको हेटौँडा कार्यालयका प्रमुख घिमिरेले आयोगले सम्पादन गरेको बागमती प्रदेशभित्रका विषयवस्तु समेटिएको वार्षिक प्रतिवेदनको सारसंक्षेप प्रस्तुति दिएका थिए।  

प्रकाशित: १२ आश्विन २०७९ १९:३३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App