८ वैशाख २०८१ शनिबार
राजनीति

शेखर पक्षले पार्टी कार्यालयमा धर्ना दिँदै

फाइल तस्बिर।

नेपाली काँग्रेस संस्थापन इतर पक्षधरले आज पार्टी कार्यालय सानेपामा धर्ना दिँदैछन्। उनीहरुले पार्टीको आन्तरिक एकता, समान अवसर र न्यायको निम्ति धर्ना दिन लागेका हुन्। 

डा. शेखर कोईराला समूहले समानुपातिकको बन्दसूचीमा पार्टी सभापति शेरबहादुर देउवाले एकलौटी गरेको आरोप लगाउँदै आएको छ।

सोमबार बसेको शेखर समूहको बैठकले पार्टी कार्यालयमा धर्ना दिने घोषणा गरेको थियो। बैठकले १२ गते पार्टी केन्द्रीय कार्यालय, सानेपामा एक घण्टा मध्याह्न १२ बजेदेखि १ बजेसम्म धर्ना दिने निर्णय गरेको हो। १४ गतेसम्म पनि समानुपातिक सूची नसच्याए थप विरोधका कार्यक्रम तय गर्ने बैठकले निर्णय गरेको हो।

प्रकाशित: १२ आश्विन २०७९ ०६:०७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App