८ वैशाख २०८१ शनिबार
राजनीति

आज राप्रपा प्रवेश गर्दै रवीन्द्र मिश्र

विवेकशील साझा पार्टीका पूर्वअध्यक्ष रवीन्द्र मिश्र आज राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मा प्रवेश गर्दै छन्।  

राष्ट्रिय सभागृह काठमाडौंमा हुने एक कार्यक्रमकाबीच मिश्र राप्रपा प्रवेश गर्न लागेका हुन्। कार्यक्रम आज दिउँसो १ बजे हुँदै छ।  

राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले मंगलबार रवीन्द्र मिश्र नेतृत्वको ‘वृहत ध्रुवीकरण पक्षधर’बीच एकता घोषणा समारोह हुन लागेको जानकारी दिएका थिए।

विवेकशील साझा पार्टीका पूर्वअध्यक्ष रहेका मिश्रले यसअघिनै पार्टीको साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट अलगिएका थिए।  

प्रकाशित: १२ आश्विन २०७९ ०२:२३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App