७ वैशाख २०८१ शुक्रबार
राजनीति

कोइराला पक्षका गतिविधिहरू अनुशासन बाहिर छ, कारबाहीको दायरामा ल्याइन्छ: प्रवक्ता महत

फाइल तस्बिर।

नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले डा. शेखर कोइराला समूहका नेताहरूले गरिरहेको गतिविधिहरू अनुशासन बाहिर रहेको र उनीहरुलाई कारबाहीको दायरामा ल्याउने चेतावनी दिएका छन्।

मंगलबार पार्टी कार्यालयमा पत्रकार सम्मेलन गरी प्रवक्ता डा. महतले पार्टीको अनुशासन र पद्धति विपरीतका भेला तथा संघर्षका कार्यक्रमहरू नगर्न संस्थापन इतरका नेताहरुलाई चेतावनी दिएका हुन्।

उनले समानुपातिकको सूची सबै नेताहरू बसेर सर्वसम्मत तयार पारिएको र अहिले होहल्ला मच्चाउनुपर्ने जसरी केही पनि नभएको बताए। पार्टीको अनुशासन र पद्धति सबैले मान्नुपर्ने भन्दै नमाने पार्टीको विधि अनुसार कारवाही हुने बताए।

सोमबार बसेको शेखर समूहको बैठकले पार्टी कार्यालयमा धर्ना दिने घोषणा गरेको थियो। बैठकले १२ गते पार्टी केन्द्रीय कार्यालय, सानेपामा एक घण्टा मध्याह्न १२ बजेदेखि १ बजेसम्म धर्ना दिने निर्णय गरेको हो। १४ गतेसम्म पनि समानुपातिक सूची नसच्याए थप विरोधका कार्यक्रम तय गर्ने बैठकले निर्णय गरेको हो।

समानुपातिक उम्मेदवार सूची बुझाउँदा शेखर-गगन पक्षलाई सभापति देउवा पक्षले ४० प्रतिशत नदिएको आरोप छ। 

प्रकाशित: ११ आश्विन २०७९ १०:३१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App