१६ चैत्र २०८० शुक्रबार
राजनीति

बुधबार राप्रपा र रवीन्द्र मिश्र समूहबीच एकीकरण हुँदै

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र विवेकशील साझा पार्टीका पूर्वअध्यक्ष रवीन्द्र मिश्र समूहबीच बुधबार एकीकरण हुने भएको छ।  

मंगलबार राप्रपा प्रवक्ता मोहन श्रेष्ठले सामाजिक सञ्जालमा लेख्दै नयाँ खबर सुनाउन आतुर रहेको र अन्तत त्यो सम्भव भएको बताउँदै बुधबार एकीकरण हुने बताएका हुन्।

उनले लेखेका छन्,'हामी नयाँ खबर सुनाउन आतुर थियौं, अन्ततः सम्भव हुने भयो। राप्रपा र रवीन्द्र मिश्र नेतृत्वको वृहत् ध्रुवीकरण पक्षधर समूहकाबीच भोलि काठमाडौंमा एकता घोषणा सभा हुनेछ।'

विवेकशील साझा पार्टीका पूर्वअध्यक्ष रहेका मिश्रले सोमबार साँझ अध्यक्ष समीक्षा बास्कोटालाई राजीनामा बुझाउँदै  पार्टीको साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट अलगिएका थिए। 

प्रकाशित: ११ आश्विन २०७९ ०५:०९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App