coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

केन्द्रीय कार्य समितीको सल्लाहकार यादवले गरे एमाले त्याग

नेकपा एमाले केन्द्रीय कार्य समितीको सल्लाहकार गंगाराम यादव एमालेबाट अलग भएका छन्। सोमबार जनकपुर स्थित होटेल वेलकममा पत्रकार सम्मेलन गरी एमाले त्याग गरेको घोषणा गरेका छन्।

अगामी मंसिर ४ हुने निर्वाचनमा धनुषा निर्वाचन क्षेत्र दुईबाट प्रतिनिधिसभा सदस्यको लागि एमालेबाट याादवको नाम सिफारिस भएपनि केही दिनअघि मात्रै एमालेले लोकतान्त्रिक समाजवादी पार्टीका प्रमुख सचेतक उमा शंकर अरगरियालाई पार्टीमा प्रवेश गराएपछि उनी असन्तुष्ट बनेका थिए।  

अगामी निर्वाचनमा यादवको ठाउँमा केही दिनअघि एमालेमा प्रवेश गरेका अरगरियालाई एमालेले धनुषा–२ बाट उम्मेदवार बनाउन लागेको भन्दै नेतृत्वप्रति असन्तुष्ट भएर उनी एमाले त्याग गरेको घोषणा गरेका हुन्।

उनले आफू एमालेमा २०३६ सालदेखि पार्टीको काम गर्दै आएपनि पुरा नेतालाई पखा लगाएर हिजो आएको नेतालाई उम्मेदवार बनाउन लागेको आरोप लगाएका छन्। पार्टीले हामीलाई अवमूल्यन गरेर नयाँलार्ई मात्रै अवसर दिएको कारण आफू पार्टी परित्याग गरेको बताए।

‘जबजब चुनाव आउँछ उम्मेदवारको लागि मेरो नामनै चार्चामा हन्छ। तर अन्तिम समयमा उम्मेदवार कोही अरुनै भइहाल्छ। मेरो नाम चर्चामै सिमित हुन्छ, यादवले भने ‘पार्टीले सुरुमा मलाई धनुषा– ३ बाट चुनाव लड्न पठाइयो तर त्यहाँ म चुनाव हार्दैछु। त्यो थाहा थियो किनकी मेरो जन्मथालो कर्मथलो दुई नम्बर क्षेत्र थियो। त्यहाँ कोही कार्यक्रर्तासँग चिनजान थिएन्। तैपनि पार्टीको आदेश मानेर गयाें र चुनावमा पराजय भोग्नु पर्‍यो।

संविधानसभाको दोस्रो चुनावमा पार्टीले धनुषा–२ बाट मलाईनै उम्मेदवार बनायों। तर जुन दिन मनोनयन दर्ता गराउन निर्वाचन कार्यालय पुगे त्यहाँ मतदाता नमावलीमा मेरो नामनै थिएन्। उनले भने ‘मेरो नाम कसरी हटयो मतदाता नमावलीबाट त्यो बुझिएन्। पछि फेरि ०७४ सालको आम निर्वाचनमा क्षेत्रीय कार्यसमितीले मेरो नामनै सिफारिस गर्‍यो। पछि माओवादी केन्द्रसँग चुनावी एकता भएपछि मलाईपछि हट्नु पर्‍यो  यसपालि पनि क्षेत्रीय कार्यसमितीले मेरो नाम पठाइएको थियो पछि उम्मेदवार बनाउन अर्का पार्टीका नेतालाई प्रवेश गराएको बुझिएको छु।

'यादव एमाले परित्याग गरी जनता समाजवादी पार्टी प्रवेश गरी जसपाबाट उम्मेदवारी दिने तयारीमा रहेको बुझिएको छ। यद्दपी यादवले अहिले कुनै पार्टीमा प्रवेश गर्ने ठोस निर्णयमा नपुगेको बताए। उनले भने‘ एमालेमा ४२ वर्षको लगानी छ साथीभाईहरुसँगा छलफल गर्छु अनि कुन पार्टीमा जाने नजाने अन्तिम निष्कर्षमा पुग्ने बताए।  

एमाले धनुषा जिल्ला कमिटीले बिदेह नगरपालिकाको तिनकौरिया बजारमा जनसभा तथा पार्टी प्रवेश कार्यक्रमको आयोजना गरेको थियो। सो कार्यक्रममा एमाले अध्यक्ष ओली लोकतान्त्रिक समाजवादी पार्टी प्रमुख सचेतक तथा निवर्तमान सांसद अरगरियालालाई पार्टीमा प्रवेश गराउन धनुषा आएको थियो। तर यादव सो कार्यक्रममा गएको थिएन्। त्यो दिनदेखिनै यादवले एमाले छाड्न लागेको चर्चा चलेको थियो।

प्रकाशित: १० आश्विन २०७९ ०८:५६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App