coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

अनशनरत डा. केसी र सरकारबीच सहमति, आजै अनशन तोड्ने तयारी

फाइल तस्बिर।

आमरण अनशनरत डा. गोविन्द केसी र सरकारबीच सहमति भएको छ। डा. केसीका सहयोगी प्रितम सुवेदीका अनुसार सहमतिको प्रस्ताव तयार भइरहेको छ। सहमतिमा हस्ताक्षर पश्चात डा. केसीले आजै अनशन तोड्ने तयारी भइरहेको छ।

डा. केसीले ७ बुँदे माग राखेर भदौ २७ मा धनगढीको कृष्ण मन्दिरमा २०औँ आमरण अनशन सुरू गरेका थिए। केही दिनअघि स्वास्थ्यमा समस्या देखिएपछि धनगढीकै सेती प्रादेशिक अस्पतालमा लगिएको थियो भने पछि उनलाई काठमाडौँको त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज ल्याइएको थियो।

प्रकाशित: ८ आश्विन २०७९ १३:१५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App