coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

ओलीबाट प्रभावित भएर एमालेमा प्रवेश गरेः उमा शंकर अरगरिया

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) प्रमुख सचेत उमा शंकर अरगरिया एमालेमा प्रवेश गरेका छन्। शनिबार बिदेह नगरपालिका तिनकौरिया चौकमा नेकपा एमाले धनुषा जिल्ला कमिटीले आयोजना गरेको बृहत जनसभा तथा पार्टी कार्यक्रमबीच उनी लोसपा त्याग गरी एमालेमा प्रवेश गरेका हुन्।

अरगरियालाई एमाले अध्यक्ष केपी शर्मा ओलीले दोसल्ला ओढाएर एमालेमा भित्र्याएका हुन्। उनी उपेन्द्र यादव नेतृत्वको तत्कालीन संघीय समाजवादी फोरम नेपालबाट २०७४ सालको आम निर्वाचनमा धनुषा निर्वाचन क्षेत्र दुईबाट निर्वाचित भएका थिए।

आफू एमाले अध्यक्ष ओलीबाट प्रभावित भएर एमालेमा प्रवेश गरेको अरगरियाले बताए। एमालेको नेतृत्वमा देश र मधेसमा विकास लहर आएको उनले दाबी गरे। उनले मधेस प्रदेशमा मधेसवादी दलको सरकार भएपनि मधेस प्रदेशका सरकारले यो पाँच वर्षको कार्यकालमा भ्रष्टाचार बाहेक केही नगरेको आरोप लगाए।

मधेस प्रदेश सरकारले 'बेटी बचाउ बेटी पढाउ' छात्राहरूलाई गरेको साइकल वितरणको नाममा भ्रष्टाचार गरेको आरोप लगाए। उनले भने, 'केपी ओली नेतृत्व सरकारको हुलाकी सडक बन्यो। धनुषा निर्वाचन क्षेत्र दुईका १७ वटा गाउँमा बिजुली थिएन त्यो पनि ओली सरकारकै पालामा बिजुली बल्यो।' ओलीका यस्तै काम र राष्ट्रियता प्रति भएको अडानका कारण आफू एमालेमा प्रवेश गरेको उनकाे भनाइ छ।

प्रकाशित: ८ आश्विन २०७९ ११:२० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App