७ वैशाख २०८१ शुक्रबार
राजनीति

सुरक्षा निकायका प्रमुखहरू जंगी अड्डामा

आसन्न प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनलाई लक्षित गर्दै नेपाली सेनासहितका सुरक्षा निकायका प्रमुखबीचमा सैनिक मुख्यालयमा छलफल भएको छ।  

दुई तहको निर्वाचनलाई कसरी सफलतापूर्वक सम्पन्न गर्ने भन्ने सम्बन्धमा विहीबार प्रधान सेनापति प्रभुराम शर्मा, नेपाल प्रहरीका प्रहरी महानिरीक्षक धिरज प्रताप सिंह, सशस्त्र प्रहरी बल नेपालका महानिरीक्षक राजु अर्याल तथा राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक हुतराज थापाबीच सैनिक मुख्यालयमा भेटघाट तथा छलफल भएको हो।  

नेपाली सेनाका उच्च तहका अधिकृतहरूको समेत सहभागिता रहेको उक्त छलफलमा समसामायिक सुरक्षा अवस्थाको समग्र समीक्षा गरिएको थियो। छलफलमा आसन्न प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचनलाई शान्तिपूर्ण ढंगले सफलतापूर्वक सम्पन्न गर्न आवश्यक सुरक्षा व्यवस्थाबारेमा छलफल एवं अन्तरक्रिया भएको नपाली सेनाले जनाएको छ।  

छलफल कार्यक्रममा सबै सुरक्षा निकायका प्रमुखहरूबीच निर्वाचन स्वतन्त्र, निष्पक्ष, विश्वसनीय एवं भयरहित वातावरणमा सम्पन्न गर्न सरकारबाट प्राप्त जिम्मेवारी केन्द्रीय, प्रादेशिक र स्थानीय तहमा प्रभावकारी रूपमा कार्यान्वयन गर्नेलगायतका विषयहरूमा समेत छलफल भएको सेनाले जनाएको छ।

प्रकाशित: ७ आश्विन २०७९ ०३:२१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App