८ वैशाख २०८१ शनिबार
राजनीति

गठबन्धन एमालेको राष्ट्र निर्माण गर्ने अभियान रोक्न लागिपरेको छ: महासचिव पोखरेल

नेकपा एमालेका महासचिव शंकर पोखरेलले पाँच दलीय गठबन्धन राष्ट्र निर्माणको अभियान रोक्ने षडयन्त्रमा लागेको आरोप लगाएका छन्।

बिहीबार एमाले केन्द्रिय कार्यालयमा भएको पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव पोखरेलले पाँच दलीय गठबन्धनले एमालेको राष्ट्र निर्माण गर्ने अभियान रोक्न अनेक प्रकारका षड्यन्त्र गरिरहेको बताए। गठबन्धनले नागरिकताको विषयलाई लिएर एमाले विरुद्ध षडयन्त्र गरेको उनले बताए। उनले राष्ट्रपतिले नागरिकताको विषयलाई समयमै सम्बोधन गर्नुपर्छ भन्ने आशयलाई गठबन्धनले उपेक्षा गरेको बताए। 

पोखरेलले तत्कालीन केपी ओली नेतृत्वको सरकारले जन्मसिद्ध नागरिकता पाएका नेपाली बाबुआमाका सन्तानको नागरिकताको हक स्थापित गर्न खोज्दा अहिलेको गठबन्धनमा रहेका नेताहरुले नै अवरोध गरेको उल्लेख गरे। महासचिव पोखरेलले ओली नेतृत्वको सरकारले जन्मसिद्ध सन्तानको हक स्थापित गर्न अध्यादेशमार्फत नागरिकता ऐन जारी गरेको जिकिर गरे। जन्मसिद्ध सन्तानको हक स्थापित गर्न खोज्दा अहिलेको सत्ता गठबन्धनले अदालतबाट रोकेको आरोप उनले लगाए। उनले गठबन्धनले अदालतमा मुद्दा हालेर अध्यादेश नरोकेको भए अहिले जन्मसिद्धका सन्तानले नागरिकता सहजरुपमा आउने अवस्था रहेको बताए।  

महासचिव पोखरेलले राष्ट्रपतिले नागरिकता जस्तो संवेदनशील विषयमा पठाएका सुझावमाथि छलफल गर्नुको साटो संसदबाहिरबाट गठबन्धनले चुनौती दिन खोजेको आरोप लगाए। उनले राष्ट्रपतिले नागरिकताका विषयमा पठाएका सुझावमाथि छलफल नगरेर गठबन्धनले गणतन्त्र र संविधानमाथि प्रहार गरेको बताए। उनले पाँच दलीय गठबन्धन सम्पूर्ण रुपमा असफल भइसकेको दाबीे गरे।

प्रकाशित: ६ आश्विन २०७९ ०९:३० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App