१६ चैत्र २०८० शुक्रबार
राजनीति

विद्यार्थीलाई माटो छुने संस्कृतिको शिक्षा दिनुपर्छः मेयर साम्पाङ

धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले विद्यार्थीहरुलाई माटो छुने संस्कृतिको शिक्षा दिनुपर्ने बताएका छन्। मेयर साम्पाङले आफ्नो आधिकारिक सामाजिक सञ्जाल फेसबुकमार्फत् भिडियो सार्वजनिक गर्दै आफू संस्कृतिको विकास गर्नुपर्छ भन्ने भिजनको साथ हिडेको बताएका हुन्।

साम्पाङले भनेका छन्, ‘माटो छुने संस्कृति अहिले विभिन्न आधुनिकताको नाममा शिक्षा क्षेत्रमा पठन-पाठन हुन्छ तर माटो छुने संस्कृति हराउँदै गएको छ। त्यसैले गर्दा विशेष गरी विद्यार्थी भाइ-बहिनीहरुलाई माटो छुने संस्कृति, काम गर्ने संस्कृति, माटोमा केही रोप्ने फलाउने संस्कृति सिकाउनुपर्छ। मैले विगतमा यो कुरा राख्दा धेरैले आलोचना गरे, बालश्रम गरे भने तर अहिले सबैले बुझ्दै गइरहुनु भएको छ भन्ने लागेको छ।’

‘सबै विद्यालयले त भन्दिन तर केही विद्यालयहरुले हाम्रो श्रम दान स्थलमा विद्यार्थीहरुलाई लिएर अवलोकन गराए, बोट विरुवा रोप्ने श्रम दान गर्ने गरे र यो विद्यालयस्तरबाट संस्कृति विद्यार्थीमा निरन्तर अगाडि बढी अंगिकार गर्न सके देशको उन्नति हुन्छ। किन भने वृद्ध अवस्थामा हुँदा, परिपकक हुँदा मान्छेहरु चेन्ज हुन चाहँदैन बालेकाल हुँदा नै यो संस्कृति सिकाउन सक्यौं भने जिम्मेवार व्यक्ति बन्दा देशलाई उत्पादनमा लैजान सक्ने जनशक्ति निमार्ण हुन्छ।’ उनले थपे, ‘सम्पूर्ण विद्यालयहरुलाई यो कुरा बुझन र बुझाउन आग्रह गर्दछु। हामी उत्पादक भयौँ भने मात्र देश अगाडि बढ्छ र देश विकास हुन्छ। हामीले विदेश-विदेश-विदेश भन्छौँ हामीमा श्रम गर्ने शिक्षा नै भएन, श्रम गरेनौं, श्रम गर्ने संस्कृति भएन चल्न भएन त्यसले गर्दा हामी अल्छी भयौँ नत्र स्वदेशमा नै उत्पादन गरेर आम्दानी गर्न सक्छौँ।’

प्रकाशित: ६ आश्विन २०७९ ०९:२९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App