७ वैशाख २०८१ शुक्रबार
राजनीति

ओलीले गरेको संसद विघटन संविधान विपरीत नै हो: अध्यक्ष दाहाल

फाइल तस्बिर।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेका अध्यक्ष केपी ओलीले गरेको संसद विघटन संविधानको मर्मविपरित  रहेको बताएका छन्।

चालू प्रतिनिधिसभाको अन्तिम बैठकमा उनले एमाले अध्यक्ष ओलीलाई जवाफ दिँदै संसद विघटन प्रतिगमन नै रहेको बताए। उनले संसदभित्र सरकार बनाउने अर्को सम्भावना हुँदाहुँदै संविधानको मर्म, भावना र लोकतन्त्रको मान्यताविपरित प्रतिनिधिसभा विघटन गर्ने काम भएको बताए।

उनले भने, ‘तीनवर्ष पुग्दानपुग्दै संविधानको मर्म र भावनाअनुसार सरकार अगाडि जान सकेन। मलाई अनौठो पनि र अलिअलि आश्चर्य पनि लाग्यो,प्रमुख प्रतिपक्षी दलको नेताले प्रतिगमनको पनि ब्याख्या पनि गर्नुभयो, लोकतन्त्रको पनि व्याख्या गर्नुभयो। यो के जसले जे भनेपनि हुने होकी क्याहो जस्तो पनि लाग्यो मलाई। संविधानमा हुँदै नभएको अधिकार, सदनभित्रबाट अर्को सरकार बन्ने सम्भावना भएसम्म सदन विघटन गर्न पाइदैन भनेर हामी सबैले सचेत भएर व्यवस्था गरेको होइन्?’

प्रकाशित: १ आश्विन २०७९ ०९:३३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App