१६ चैत्र २०८० शुक्रबार
राजनीति

वर्षाले विथोलियो ओलीको आमसभा, मनतव्य बीचमै रोकेर ओली फर्के काठमाडौं

सिरहाको चोहर्वामा आमसभा सम्बोधन गर्दै नकेपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी ओली। तस्विरः मिथिलेश/नागरिक

नेकपा एमालेका अध्यक्ष केपी ओली प्रमुख अतिथि रहेको आमसभा कार्यक्रम वर्षाले विथोलि दिएको छ। सिरहाको गोलबजार नगरपालिका–८ चोहर्वास्थित श्री जनता नमूना माध्यमिक विद्यालयमा आयोजित आमसभामा अध्यक्ष ओली सम्बोधन सकेर औपचारिक मनतव्य सुरु गर्दा वर्षा सुरु भएको थियो। वर्षाका कारण मनतव्य बीचमै रोकेर ओली काठमाडौं फर्केका छन्।  

विद्यालयको पठनपाठन बन्द गराएर एमाले सिरहाले आयोजना गरेको आमसभा तथा पार्टी प्रवेश कार्यक्रममा सहभागी हुन नेकपा एमाले अध्यक्ष ओली र पूर्वमन्त्री प्रभु साह हेलिकप्टरबाट चोहर्वा आएका थिए। उनीहरुलाई एमाले मधेस प्रदेशका सह–ईन्चार्ज तथा पूर्व मन्त्री लीलानाथ श्रेष्ठ र रघुबिर महासेठले स्वागत गरेका थिए।  

कार्यक्रममा पुगेर ओलीले लक्ष्मीपुर पतारी गाउँपालिकाका निवर्तमान अध्यक्ष तथा जसपा नेता रामबल्लभ साहसहितका नेता–कार्यकर्तालाई एमाले पार्टी प्रवेश गराएपछि मौसम प्रतिकूल बनेको थियो। हतार हतार सहभागीलाई सम्बोधन गर्न उभिएका ओली संसदको पाँच वर्षे कार्यकालको अन्तिम दिन शनिबार भएको बताउँदै लोकतन्त्र, साभौमसत्ता, अखण्डता र स्वतन्त्रताका लागि नेकपा एमालेले असाधारण बलिदानी दिएको दाबी गरे। विकास निर्माण र पुनःनिर्माणको कामको चर्चा गर्दै उनले हुलाकी राजमार्ग, पूर्वपश्चिम राजमार्ग चौडा गर्ने कामको नेतृत्व एमाले सरकारको कालमा भएको  दाबी गरे।  

शिक्षा, स्वास्थ्य समाजिक सुरक्षालगायतका काममा एमालेले असाधारण योगदान गरेको बताउँदै गर्दा वर्षा सुरु भएको थियो। त्यसपछि ओलीको मनतव्य रोकियो। र, सुरक्षाकर्मीले उनलाई गाडिमा चढाएर हेलिकप्टर पार्क गरिएको स्थलसम्म पुर्याएको थियो। झरी परिरहँदा ओली हेलिकप्टर चढेर काठमाडौं उडेपछि कार्यक्रम बिथोलिएको थियो। कार्यक्रममा एमाले नेता प्रमुख साह, रघुवीर महासेठ, लीलानाथ श्रेष्ठ र ज्वाला साह लगायत सहभागी थिए।

प्रकाशित: ३१ भाद्र २०७९ १२:२३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App