coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

आफैंले जिताएका नेताबाट जनतालाई धोका भयोः अध्यक्ष लिङ्देन

इलाममा आयोजित आमसभामा राप्रपा अध्यक्ष लिङदेन।

राष्ट्रिय प्रजातन्त्र पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले आफैंले भोट हालेको दल र आफूले जिताएको नेताबाट नागरिकले सधैं धोका पाएको बताएका छन्। उनले जसलाई मतदाताले भोट हालेर ठूलो दल बनाएका छन्, ती दल र तिनका नेताले नागरिकप्रति विश्वासघात गरेको आरोप लगाए।  

इलाम सदरमुकाममा आयोजित पार्टीको आमसभालाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले अब आउने निर्वाचनमा नेता र नीतिलाई हेरेर मतदान गर्न मतदातालाई आग्रह पनि गरे। ‘आफ्ना पुर्खाले जसलाई वर्षाैंदेखि भोट हालेर जिताए, उनीहरूले आफूलाई धोका दिएका छन् भन्ने थाहा भएर पनि मतदाताले तिनै नेतालाई अहिलेसम्म जिताइरहेका छन्,’ उनले भने, ‘जो जितेर ठूलो दल र नेता भएका छन्, तिनले जनता बिर्सिए, आफ्नो स्वार्थमा डुबे।’  

उनले मतदाता चाहिँ तिनै नेतालाई सधैं जिताएर पछुताइरहेको बताए। ‘यिनै नेताका कारण देशको ऋण बढेको छ, घुुस, कमिसन बढेर देशै कंगाल हुन लागिसकेको छ,’ लिङ्देनले भने, ‘अझै पनि उनीहरूलाई नै भोट दिएर के देश विकास र राम्रो कामको आशा गर्नु जनताले पनि?’

लिङ्देनले दशैं राष्ट्रिय एकताको प्रतीक र नेपालीको मौलिक चाड भएपनि नेताहरूले नीतिगत रूपमै यो चाडप्रति वितृष्णा जगाएको बताए। ‘दशैं नेपालीको मौलिक चाड भएपनि यो र त्यो बहानामा राज्यले यो चाडप्रति नै जनताबीच फाटो ल्याएको छ,’ उनले भने, ‘सद्भाव र एकताको प्रतीकका रूपमा रहेको दसैंलाई विभिन्न जातजातिमा भागबन्डा गराएर विवाद बढाइएको छ।’

प्रकाशित: ३० भाद्र २०७९ १३:०८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App