७ वैशाख २०८१ शुक्रबार
राजनीति

माओवादी केन्द्रबाट पन्थको नाम बहुमतले सिफारिस

बर्दिया निर्वाचन क्षेत्र नं २ बाट प्रत्यक्ष तर्फ प्रतिनिधिसभाका लागि माओवादी केन्द्रको जिल्ला समन्वय समितिबाट बहुमतले सुरेश पन्थको नाम सिफारिस भएको छ।

निर्वाचन क्षेत्र नं २ बाट पालिका कमिटि हुदै एकल सिफारिसको आधारमा माओवादी जिल्ला समन्वयबाट प्रतिनिधि सभा सदस्यको लागि पन्थको नाम बहुमतले सिफारिस गरेको हो।  

माओवादीले निर्वाचन क्षेत्र नं २ मा अघिल्लो निर्वाचनमा पचास हजार बढि मत प्राप्त गरेर माओवादीका उम्मेदवार विजयी भएकाले गठबन्धनमा निर्वाचन क्षेत्र नं २ मा माओवादी केन्द्रका उम्मेदवारले टिकट पाउँने आकलन छ।

मधुवन,राजापुर नगरपालिका, गेरुवा गाउँपालिकाले प्रतिनिधि सभाका लागि पन्थलाई एकल नाम सिफारिस गरेको थियो भने ठाकुरवावा नगरपालिकाले पहिलो नम्बरमा पन्थको नाम राखेर मिश्रित सिफारिस गरेको थियो।

प्रतिनिधिसभा प्रत्यक्ष तर्फका सम्भावित थारु समुदायवाट सिफारिसमा पर्ने उम्मेदवार पूर्व सांसद मान बहादुर चौधरी र तीन पटक सांसद र मन्त्री भईसकेका शन्त बहादुर थारु हुन। सम्भावित उम्मेदवार पुर्व सांसद चौधरी लगायत थारु नेताले पन्थको सिफारिसमा सहमति जनाएपछि बहुमतले नाम सिफारिस भएको हो। पूर्व मन्त्री थारुलाई उम्मेदवारका आंकाक्षीको नाम राखिएको छ।

तीन पटक सम्म सांसद र मन्त्री भईसकेका शन्त थारुको नाम चार पालिकामा सिफारिस हुनु पर्ने भएपनि ठाकुरबाबा नगरपालिकाबाट दोस्रो नम्बर सिफारिस भएकाले पन्थको एकल सिफारिसमा सर्बसम्मत निर्णय भएको माओवादी केन्द्रले जनाएको छ।  

पालिकाबाट सिफारिस भएको नामको आधारमा जिल्ला समन्वय समितिको राजापुरबाट बहुमतले नाम सिफारिस गरेर प्रदेश र केन्द्रिय समितिमा सिफारिस गरेको माओवादी केन्द्रले जनाएको छ। सिफारिसमा बर्दिया जिल्ला विकासका हिसावले पछि परेकाले प्रतिनिधि सभाका लागि उत्कृष्ट प्रतिनिधिसभा सदस्यमा पन्थको नाम सिफारिस गरेको माओवादी नेताले दाबी गरेका छन् ।

लामो समय समाजसेवा,कृषि क्षेत्र र पूर्वाधार विकासमा योगदान रहेको उल्लेख गर्दे कोभिड महामारीमा पन्थको भुमिकालाइ  जिल्लावासीले कदर गरेको माओवादी केन्द्रको भनाई छ। माओवादी केन्द्रले गरेको एकल सिफारिसले जिल्लावासीको जिवनस्तर उकास्न जिम्मेवारी काधमा आएको पन्थको भनाई छ।

जिल्लाको विकास र बाहुल्य थारु समुदायको जिवन स्तर उकास्न लागि पाटीले जिम्मेवारी काधमा बोकाएर अघि बढाएको उनले बताए। निर्वाचन क्षेत्र नं १ मा प्रत्यक्ष तर्फ तिलक शर्मा,अन्जु दहित र दुर्गा बहादुर थारुको नाम सिफारिस भएको छ। यसअघि नेपाली काँग्रेसका संजय गौतमले जितेकाले निर्वाचन क्षेत्र नं १ गठबन्धन भएमा काँग्रेसका उम्मेदवारले टिकट पाउँने निश्चित भएको नेता बताउँछन्।

प्रकाशित: २८ भाद्र २०७९ ०७:२० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App