८ वैशाख २०८१ शनिबार
राजनीति

जनताले अब हावादारी गफ गर्नेलाई पत्याउदैनन्: रामकुमारी झाँक्री

नेकपा (एकीकृत समाजावादी)की केन्द्रीय सचिव रामकुमारी झाँक्रीले  आगामी निर्वाचनमा जनताले पार्टीलाई नभइ व्यक्ति र जनतकासँग जोडिएका एजेण्डालाई मत दिने बताइएकी छन्।

रिपोर्टर्स क्लब लुम्बिनीले आज (बिहीबार) बुटवलमा गरेको कार्यक्रममा बोल्दै नेता झाँक्रीले जनताका आधारभुत आवश्यता र एजेण्डा स्थापित गर्न सक्नेलाई मात्रै आगामी निर्वाचनमा मतदाताले मत दिने बताइकी हुन्।

‘ठूला दलका ठूला नेता हुम भनेर ठूला सपना देखाउनेलाई जनताले चिनिसके अब त्यस्ता हावादारी गफ पत्याउँदैनन्’ पूर्वमन्त्री समेत रहेकी झाँक्रीले भनिन्। एमालेले ल्याएका पानी जहाज, रेल, जस्ता हावादारी गफमा जनता नअल्मलिने बताउँदै उनले स्थानीय माग र आवश्यताको आधारमा स्पष्ट्र एजेण्डा लिएर जनतामाझ जानुपर्नेमा जोड दिइन्।

मुलकको हितको लागि दीर्घकालीन नीति र एजेण्डा स्थापना गर्नुपर्ने र त्यसको लागि गठबन्धन आवश्यकता रहेको दोहोर्‍याइन्। विकास र समृद्धिका लागि विश्वसका थुपै मुलुकले गठबन्धन प्रकृया अँगालेको उदाहरण दिँदै नेता झाँक्रीले देश र जनताको लागि गठबन्धन गर्नुपरेको बताइन्।

कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रीय सदस्य योगेन्द्र चौधरीले जनताको दिएको दुई तिहाई मतको कदर गर्न नसेकेर कर्तव्यच्युत भएको एमालेलाई आगामी निर्वाचनमा जनताले उसको हैसियत देखाइदिने बताए। उनले देशको विकास, आम नेपालीको जिवन स्तर उकास्नको लागि पाँच दलीय गठबन्धन आवश्यक भएको दाबी गरे।

स्थानीय तहमा जस्तै आगामी निर्वाचनमा पनि जनताले गठबन्धनलाई जिताएर यसको औचित्यलाई फेरी पुष्टि गर्ने बताए। एमालेले नागरिकता विधेयकलाई रोक्न लगाएर चुनावी एजेण्डा बनाउन खोजेको उल्लेख गर्दै नेता चौधरीले ओली सरकारकै पालामा ल्याएको विधेयकलाई जस्ताको तस्तै लैजाँदा पनि अनावश्यक भ्रम सिजर्ना गरिएको बताए।

उनले यो विधेयकलाई राष्ट्र र जनताको हितमा रहेको स्पष्ट पारे। नेकपा माओवादीका केन्द्रीय सदस्य विनोद पहाडीले संघियता, संविधानलाई संस्थागत गर्नका लागि ५ दलिय गठबन्धन निर्माण भएको भन्दै आगामी निर्वाचनमा एक भएर प्रतिस्पर्धी पार्टीसँग चुनावमा भिड्ने बताएका छन्।

नेकपा एमालेका लुम्बिनी प्रदेश सांसद् तथा सार्वजनिक लेखा समितिका सभापति विष्णु पन्थीले पछिल्लो समय चुनाव निकै खर्चिलो बन्दै गएको भन्दै निर्वाचन आयोगले निगरानी गर्नुपर्ने बताए। एमालेले आफ्नो पुरानो स्थानलाई कायमै राख्ने बताए।

प्रकाशित: २३ भाद्र २०७९ ०९:२२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App