coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

माओवादी केन्द्र बैतडीद्वारा उम्मेदवार सिफारिस

मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको लागि नेकपा माओवादी केन्द्र बैतडीले उम्मेदवार सिफारिस गरेको छ। 

संघीय सांसदका लागि नरेन्द्रबहादुर कुँवरको नाम सर्वसम्मत सिफारिस गरेको माओवादी केन्द्र बैतडीका संयोजक शंकर भण्डारीले बताए। कुँवर २०६४ सालको निर्वाचनमा संविधानसभा सदस्यमा निर्वाचित भएका थिए। यस्तै संघीय सांसदको समानुपातिक तर्फ लक्ष्मी ओड र स्वेता भट्टको नाम सिफारिस गरेको छ।

प्रदेशसभा सदस्यका प्रदेशसभा क्षेत्र नम्बर १ बाट प्रत्यक्ष तर्फ रणबहादुर कुँवर, शंकर भण्डारी, वर्तमान प्रदेशसभा सदस्य प्रेमप्रकाश भट्ट, दलबहादुर धामी र धर्मसिंह ऐरको नाम सिफारिस गरिएको छ। प्रदेशसभा क्षेत्र नम्बर २ बाट प्रत्यक्ष प्रत्यक्ष तर्फ डा.केदारचन्द्र भट्ट, गोपाल चन्द, ईश्वरी भट्ट र रमेश चन्दको नाम सिफारिस गरिएको छ। प्रदेश समानुपातिक तर्फ भने पार्वती नेगी, रेणु चन्द र लक्ष्मी पोखरेल बिकको नाम सिफारिस गरिएको माओवादी केन्द्रका बैतडीले जनाएको छ।

प्रकाशित: २२ भाद्र २०७९ १२:३९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App