७ वैशाख २०८१ शुक्रबार
राजनीति

कांग्रेस बैतडीले गर्‍यो उम्मेदवार सिफारिस

फाइल तस्बिर

नेपाली कांग्रेस बैतडीले प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि उम्मेदवारको  नाम सिफारिस गरेको छ। मंसिर ४ गते हुने निर्वाचनका लागि नेपाली कांग्रेस बैतडीले संघ र प्रदेशका लागि प्रत्यक्ष र समानुपातिक उम्मेदवारका आकांक्षीको नाम सिफारिस गरेको हो।

कांग्रेस बैतडीले संघका लागि १३ जनाको नाम सिफारिस गरेको छ। प्रतिनिधिसभा प्रत्यक्षतर्फ जिल्ला पार्टी सभापति चतुरबहादुर चन्द, विनयध्वज चन्द, नरबहादुर चन्द, केशबबहादुर चन्द, उत्तरबहादुर  ऐरको नाम सिफारिस गरेको  छ। यस्तै प्रतापसिंह ठगुन्ना, सुरेन्द्रसिंह ऐर ,दिनेश भट्ट, शिवराज भट्टको नाम पनि प्रत्यक्षतर्फ सिफारिस गरेको हो।

यस्तै समानुपातिकतर्फ देवु ठगुन्ना, कृष्णदत्त भट्ट, रमेश पाण्डे र नरेन्द्रप्रसाद भट्टको नाम सिफारिस गरिएको कांग्रेस बैतडी सचिव देवराज जोशीले बताए। जिल्ला कार्य समिति बैतडीको यहि भदौ १९ गते बसेको बैठकले उम्मेदवार  सिफारिस गरेको बताइएको  छ।

कांग्रेसले प्रदेशसभा सदस्यका लागि पनि उम्मेदवार सिफारिस गरेको छ। प्रदेशसभा क्षेत्र नंं.१ मा प्रत्यक्षतर्फबाट ८ जना र समानुपातिकतर्फ १५ जनाको  नाम सिफारिस गरेको सचिव जोशीले बताए। यस्तै प्रदेशसभा सदस्यका लागि क्षेत्र नम्बर २ बाट प्रत्यक्षतर्फ १८ जना र समानुपातिकतर्फ २३ जनाको नाम सिफारिस भएको  हो। प्रदेश १ मा प्रत्यक्षतर्फ बीरबहादुर बिष्ट, हरिमोहन भण्डारी, अम्मर बिष्ट र विष्णुदत्त जोशी लगायतका अन्य ८ जना र समानुपातिकतर्फ लोकराज अवस्थी, जयन्ती कुवँर लगायतका १५ जना रहेका छन्।

त्यसैगरी प्रदेशसभा क्षेत्र नं. २ मा प्रत्यक्षतर्फ शिवराज भट्ट, तेजबहादुर  चन्द , टेकराज जोशी, पुर्णानन्द लेखक, पूर्णचन्द्र लेखक, ईश्वर भट्ट, घनस्याम भट्ट, नरेन्द्रदत्त जोशी लगायतका १८ जना र समानुपातिक तर्फ नरेन्द्रसिंह थापा, कृतबहादुर बिष्ट, कान्ता चन्द र कुस्मा चन्द लगायत २३ जनाको  नाम सिफारिस भएको बताइएको छ।

प्रकाशित: २१ भाद्र २०७९ ०३:०६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App