४ वैशाख २०८१ मंगलबार
राजनीति

रुपन्देही २ बाट एमाले उपाध्यक्ष बिष्णु पौडेल एकल सिफारिस

रुपन्देहीको  निर्वाचन क्षेत्र नं. २ बाट नेकपा एमालेले प्रतिनिधि सभा सदस्यको उम्मेदवारका लागि बिष्णु पौडेलको एकल नाम सिफारिस गरेको छ। 

एमाले क्षेत्रीय कमिटिको आज (आइतबार)को बैठकले पार्टी उपाध्यक्ष पौडेलको नाम सर्बसम्मत रुपमा सिफारिस गर्ने निर्णय गरको हो। २०६४ यताका तीन वटा निर्वाचनमा पौडेलले यही क्षेत्रबाट फराकिलो जित निकाल्दै आएका छन्। 

तर यसपालीको स्थानीय तहको निर्वाचनमा एमालेले लालकिल्ला भनेर दावी गर्दै आएको २ नम्बरमा पर्ने बुटवल उपमहानगरपालिकामा नेपाली काँग्रेसले फराकिलो मतान्तरले जित निकाल्न सफल भएको छ। त्यसैले यसपाली पौडेललाइ बिगतमा जस्तो सहज नहुने र गठबन्धनका तर्फबाट बलियो उम्मेदवार पाए जनताले पौडेलको विकल्प रोज्न सक्ने आँकलन गर्न थालीएको छ।

प्रकाशित: १९ भाद्र २०७९ १४:४९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App