coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

निर्वाहमुखी विकासको अर्थ छैनः उपसभामुख भुसाल

प्रतिनिधिसभाका उपसभामुख पुष्पा भुसालले निर्वाहमुखी विकासको अर्थ नरहेको बताएकी छन्। उनले सरकारले छुट्टाएको बजेटको पूर्ण सदुपयोग गर्दै आम नागरिकले अनुभुति गर्ने गरी विकास हुनुपर्ने बताएकी हुन्।  

‘विकासले सिमित क्षेत्र ओगटेको छ, उनले भनिन्, ‘आर्थिक, सामाजिक र साँस्कृतिक परिवर्तन भए मात्र राष्ट्र विकसित हुन्छ।’ उनले भ्रष्टाचारमुक्त अर्थतन्त्र बनाउनुपर्नेमा जोड दिएकी छिन्। जबसम्म राष्ट्रको अर्थतन्त्र भ्रष्टाचार मुक्त हुँदैन तबसम्म विकास निर्वाहमुखी मात्र हुने उनको भनाइ छ।

नेपाल पत्रकार महासंघ अर्घाखाँची शाखाद्वारा आयोजित सम्मान तथा पत्रकार भेटघाट कार्यक्रममा बोल्दै भुसालले अनियमितता र भ्रष्टाचार रोकेर जनताको करलाई मुलुकको समृद्धीमा खर्चिनुपर्ने बताइन्। जनताले रगत–पसिना गरेर तिरेको करको सहि सदुपयोग नगरे त्यो राष्ट्रप्रति गद्दारी हुने उनको भनाइ छ।  

उपसभामुख भएपछी पहिलो पटक गृहजिल्ला आएकी भुसालले आन्दोलन मार्फत लोकतान्त्रिक गणतन्त्र स्थापना भएको र अत्यन्त मेहनत गरेर संविधान बनाएपनि त्यसको प्रभावकारी कार्यन्वयन हुन नसकेको बताइन्। विगत पाँच वर्ष संविधान कार्यन्वयन र जनताले चाहे अनुसारको विकास हुन नसकेको भन्दै उनले युवाहरुको चाहनामा ठेस पुगेको बताइन्।  

स्थानियतहको परिकल्पना गरेर स्थानीय सरकारलाई बलियो बनाए पनि जनता बलियो हुन नसकेको उनको भनाइ छ। सरकार बलियो मात्र भएर नहुने र लोकतन्त्रमा जनता मजबुत हुन नसके प्राप्त उपलब्धीको अर्थ नरहने उनले बताइन्। ‘स्थानीय निकाय आफंैमा बलियो छ,उनले भनिन्, बलियो भएर मात्र हुँदैन। अर्थपुर्ण पनि हुनुपर्छ।’ जनप्रतिनिधीले ल्याएको बजेटले प्रत्येक घरलाई छुनुपर्ने भन्दै निमुखा र गरिब जनताका घरघरले विकासको अनुभुति गर्नेगरी बजेट ल्याउनुपर्ने उनको भनाई छ।  

फरक प्रसंगमा बोल्दै उपसभामुख भुसालले लोकतन्त्र बलियो बनाउन, प्राप्त उपलब्धीको रक्षा गर्न, भ्रष्टाचारमुक्त समाज निर्माण गर्न तथा समुन्नत नेपाल बनाउन राष्ट्रको चौथो अंग पत्रकारहरुको पनि उत्तिकै महत्व र जिम्मेवारी रहेको भन्दै सञ्चार विधेयक संसदमा छलफलमा आउने बताइन्। संविधान र पत्रकारका हक अधिकार कुण्ठित नहुन ेगरी सञ्चार विधेयक लागु हुनेमा उनले विश्वास व्यक्त गरिन्।  

भुसालले अर्घाखाँचीबाट प्रतिनिधीसभाको प्रत्यक्ष निर्वाचनमा आकांक्षी रहेको समेत बताइन्। पार्टीले टिकट दिए आफू निर्वाचनमा भाग लिन तयार रहेको बताइन्।

प्रकाशित: १८ भाद्र २०७९ ११:२९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App