७ वैशाख २०८१ शुक्रबार
राजनीति

बागलुङ काँग्रेसमा प्रदेश सभा सदस्य बन्न चाहनेको लर्को, ६६ जनाले उम्मेदवारी दर्ता गराए

फाइल तस्बिर

आगामी मंसिर ४ गते हुन गइरहेको प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनका लागि नेपाली काँग्रेसले उम्मेदवार छनोटलाई अगाडि बढाएको छ।  

बिहीबार र शुक्रबार बागलुङमा प्रदेश सभा सदस्यका लागि चार वटा निर्वाचन क्षेत्रमा उम्मेदवारका आकांक्षीहरुको नामवाली संकलन गरिएको छ। चार वटा प्रदेश सभामा उम्मेदवार बन्नका लागि ३५ जना प्रत्यक्षतर्फ र ३१ जनाले समानुपातिक उम्मेदवार बन्न पार्टीमा नाम दर्ता गराएका छन्।  

बागलुङ क्षेत्र नम्बर १ प्रदेश सभा क बाट प्रत्यक्ष र समानुपातिक गरी १६ जनाले उम्मेदवारी दर्ता गराएका छन्। उनीहरुमध्ये ५ जनाले प्रत्यक्षतर्फ उम्मेदवारी दर्ता गराएका हुन्। ११ जनाले समानुपातिकतर्फ आफ्नो नाम दर्ता गरेका छन्।  

प्रत्यक्षतर्फ जगन्नाथ अचार्य, क्याप्टेन हरिबहादुर भण्डारी, विष्णु पौडेल, होमबहादुर हमाल, महेन्द्र कँडेलले आफ्नो उम्मेदवारी दर्ता गराएका छन्। समानुपातिकतर्फ ज्ञानुकुमारी श्रीस, महेन्द्र आचार्य, लक्षुमाया पुन, पार्वती आचार्य, कृष्णशंकर श्रेष्ठ, शकुन्तला शर्मा, दुर्गादेवी विक, अम्मबहादुर कार्की, सीतादेवी सापकोटा, चित्रबहादुर कार्की, सावित्री खड्काले उम्मेदवारी दर्ता गराएका छन्।

उम्मेदवारी दर्ता गरेका सबैको नाम माथिल्लो समितिमा सिफारीस गरिने प्रदेश सभा निर्वाचन क्षेत्रका सभापति हरिबहादुर जिसी सन्तोषले जानकारी दिए। उम्मेदवारी दर्ताका लागि काँग्रेसले चर्को शुल्क असुलेको भन्दै धेरैतिर विरोध भए पनि बागलुङ क्षेत्र नम्बर १ प्रदेश सभा क मा धेरै जसोले शुल्क तिरेरै उम्मेदवारी दर्ता गराएका छन्। प्रदेश सभा उम्मेदवार बन्नका लागि नेपाली काँग्रेस बागलुङले १० हजार दस्तुर र वीपी स्मृति भवन निर्माणका लागि सहयोगार्थ भन्दै प्रत्यक्षतर्फलाई ५० हजार तथा समानुपातिकतर्फ ४० हजार दायित्व तोकेको थियो। बागलुङको अन्य प्रदेश सभा क्षेत्रमा दायित्व उठाइएको छैन।

बागलुङ क्षेत्र नम्बर १ का प्रदेश सभा ख बाट १३ जनाले प्रदेश सभा उम्मेदवार बन्ने आकांक्षा देखाएका छन्। प्रत्यक्षतर्फ ६ जना र समानुपातिकतर्फ ७ जनाले उम्मेदवारी दर्ता गराएको प्रदेश सभा क्षेत्रीय समितिका सभापति दलबहादुर श्रीस रानाले जानकारी दिए।  

प्रत्यक्षतर्फ दलबहादुर श्रीस राना, सागर परियार, हरिप्रसाद आचार्य, ओमकार थापा, कमलराज सापकोटा र ईन्द्रराज पौडेलले उम्मेदवारी दर्ता गरेका छन्। समानुपातिकतर्फ कल्पना हमाल पाठक, शेरबहादुर विक, सीताराम रसाईली, पदमबहादुर पुन, विष्णु बस्नेत खत्री, लक्ष्मण आचार्य र श्रीकृष्ण पौडेल आकांक्षीका रुपमा पार्टीमा उम्मेदवारी दर्ता गरेका छन्।

बागलुङ क्षेत्र नम्बर २ को प्रदेश सभा क मा सबैभन्दा धेरै २४ जनाले उम्मेदवारी दर्ता गरेका छन्। ७ जना समानुपातिक र १७ जना प्रत्यक्षतर्फ उम्मेदवारी परेको सभापति तिलक घतीले जानकारी दिए। यहाँ कुनै पनि शुल्न नलिई उम्मेदवारी दर्ता गरिएको छ। दस्तुर पनि नलिईएको पार्टीले जनाएको छ।  

प्रत्यक्षतर्फ रामप्रसाद कँडेल, फमबहादुर खत्री, कृष्णप्रसाद गौतम, ध्रुवराज गौतम, विरजंग भण्डारी, यामबहादुर श्रीस, कृष्णबहादुर घिमिरे, मञ्जेश बम मल्ल, तिलबहादुर अधिकारी, टोपबहादुर मल्ल, डिलाराम सुवेदी, मुकुन्दसिंह भण्डारी, उमेश गौतम, घनश्याम गौतम, डण्डपानी कँडेल, रेनुका काउचाको उम्मेदवारी परेको छ। समानुपातिकतर्फ गिता श्रीस, सुरेन्द्र बम मल्ल, हिराबहादुर घर्ती, मायाकुमारी केसी, राधिका पुन, दिलबहादुर पुन र अम्मर श्रीसको उम्मेदवारी परेको छ।  

क्षेत्र नम्बर २ को प्रदेश सभा ख ले भने प्रत्यक्षतर्फ ७ जना र समानुपातिकतर्फ ६ जनाको नाम सिफारीस गरेको छ। प्रत्यक्षतर्फ अर्जुन शेरचन, ऋषिराम कँडेल, गणेश शेरचन, टेकराज पौडेल, देवेन्द्र कुमार घर्तीमगर, शैलेश घर्तीमगर र सागर छन्त्यालले उम्मेदवारी दाबी गर्दै पार्टीमा उम्मेदवारी दर्ता गरेको प्रदेश सभा सभापति मेषलाल शर्माले बताए। समानुपातिकतर्फ तुलासिंह घर्तीमगर, दिलमाया पौवी, नरजंङ घर्ती, मेषलाल शर्मा, सीताकुमारी शर्मा र हितदेवी घर्तीले उम्मेदवारी दर्ता गराएका छन्।

पार्टीमा दर्ता भएका उम्मेदवार आकांक्षीको सबै नाम पाथिल्लो समितिमा पठाइएको छ। काँग्रेसले शनिबार बागलुङका २ वटै प्रतिनिधि सभा क्षेत्रका लागि उम्मेदवार चयन गर्ने समय तोकेको छ। शनिबार प्रतिनिधि सभातर्फको उम्मेदवारका आकांक्षीहरुको नामावली संकलन गरेर जिल्लामा आएपछि माथिल्लो समितिमा पठाउने नेपाली काँग्रेस बागलुङका सचिव हरिहर शर्माले बताए।  

प्रकाशित: १८ भाद्र २०७९ ०३:४१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App