coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

फोहोर व्यवस्थापनमा सहयोगको लागी जापानलाई अनुरोध

जापानका लागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदीले बुधबार जापानका विदेश मामिला उपमन्त्री ताकाजी केई सँग शिष्टाचार भेट गरेका छन्।

भेटमा राजदूत डा. सुवेदीले द्विपक्षीय व्यापार, लगानी, रोजगारी र जापानमा नेपालको पर्यटन प्रबर्दन आफ्नो उच्च प्राथमिकताको विषय रहेको बताउँदै विपद व्यवस्थापन तथा फोहर व्यवस्थापनको क्षेत्रमा जापानी सहयोगका लागि अनुरोध गरेका थिए।

राजदूत सुबेदीले जापानमा १ लाख भन्दा बढि नेपाली नागरिकको बसोबास  रहेको जानकारी दिंदै दुई देशबीचको जनस्तरको सम्बन्ध थप प्रगाढ बनाउने तर्फ आफू प्रतिबद्ध रहेको पनि बताए। उनले द्विपक्षीय उच्चस्तरको भ्रमणको आदान–प्रदानको आवश्यकता माथि जोड दिंदै मन्त्री केईलाई नेपाल भ्रमणका लागि अनुरोध समेत गरे।

भेटमा जापानी मन्त्री केईले एक अनुभवी र वरिष्ठ कुटनीतिज्ञलाई जापानमा राजदूतका रुपमा स्वागत गर्न पाउँदा खुसी लागेको बताउँदै सफल कार्यकालको शुभकामना दिएका थिए। मन्त्री केईले नेपाल र जापानबीच घनिष्ठ मित्रता कायम रहेको बताउँदै विकासोन्मूख मुलुकका रुपमा रहेको नेपाललाई मध्यम आय भएको मुलुकमा स्तरोन्नतिका लागि जापान सरकारले निरन्तर सहयोग गरिरहने प्रतिबद्धता जनाएका थिए।

प्रकाशित: १७ भाद्र २०७९ ०४:५८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App